सिनेमा समीक्षा : दर्शकले सिक्वेल मागिरहेको ‘पशुपति प्रसाद २ : भष्मे डन’

सिनेमा समीक्षा : दर्शकले सिक्वेल मागिरहेको ‘पशुपति प्रसाद २ : भष्मे डन’

यो कथा लेखक खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र खनालले विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रबिन्द्र सिँह बानिया लगायतबाट भनेका छन् ।भने फेरी पनी निर्देशक खनालले सफलतको झंडा गाडेका छन।

दिनेश सिटौला
854
Shares

पाँचमा कति स्टार दिनुहुन्छ ?

पाँच नै

निर्माण पक्षलाई के भन्नु हुन्छ ?

तेस्रो सिक्वेल चाहियो

फिल्म कस्तो ?

बबाल

द सिनेमा टाइम्स, काठमाडौं – अहिले देशभरका सिनेमा हल पुग्दा अधिकांश दर्शकले भन्ने यही नै हो सिनेमा होपशुपति प्रसाद २ : भष्मे डनपशुपति प्रसाद २ : भष्मे डनलाई दर्शकको उल्लेख्य साथ मिलेको दर्शकले तारिफ गरिरहेका छन् यसको अर्को सिक्केलको माग गरिरहेका छन् त्यसो जारी’ पछि हलमा दर्शक तान्ने सिनेमा पनि यही नै हो यो बीचमा रिलिज भएका सिनेमाले यो तहमा दर्शकको साथ प्रतिक्रिया पाइरहेका थिएनन्

हलमा दर्शक फर्काउने हलबाट बाहिरिँदै गर्दा तेस्रो सिक्वेल पनि चाहियो भन्ने सिनेमापशुपति प्रसाद २ः भष्मे डनकथा के हो ?

‘पशुपति प्रसाद २ : भष्मे डन’ आम भुईँमान्छेको सपना हो घर गाउँमा जिन्दगी चलाउन नसकेपछि रंगीन सपनाको भारी बोकेर जिम्मेवारीको ठूलो बोझ बोकेर काठमाडौं उपत्यका छिर्ने आम भुईंमान्छेको कथा हो सोच्दा देख्दा जति राम्रो काठमाडौं वास्तवमा भोग्दा त्यस्तै अथवा छैन ?

रंगीन देखिने मान्छेहरु वास्तवमा कति कुरुप छन् ? सुन्दर आवरणमा छोपिएका कुरुप मानिस मन्दिर देवी देवताका अगाडि पुगेपछि कसरी सादगी निष्कलंकित भक्त बन्न खोज्छ ?

बाहिर बाहिर मिठो बोलेर सहकार्य, एकता, सद्भाव शान्ती पक्षधरहरू कति रक्ति पिपासु छन् ? पैसाका लागि मान्छे कतिसम्म निर्दयी पापी हुन्छ ? यही नै सिनेमाको कथा हो

यो कथा लेखक खगेन्द्र लामिछाने निर्देशक दीपेन्द्र  खनालले विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रबिन्द्र सिँह बानिया लगायतबाट भनेका छन् । भने फेरी पनी निर्देशक खनालले सफलतको झंडा गाडेका छन ।

पशुपति प्रसाद २ : भष्मे डनको नायक भष्मे डन हो जुनपशुपति प्रसादमा मुख्य कलाकार मध्येका एक थिए उनलाई पशुपति प्रसादमा लेखक तथा निर्देशकले ग्रे जोनमा राखेका थिए हिरो भिलेनको अवस्थामा रहेको भष्मेपशुपति प्रसाद २ : भष्मे डनमा आइपुग्दा हिरो बनेका छन् उनकै कथामा यो सिनेमा बनेको

सात वर्ष पछि भष्मे कस्तो भयो ? उसमा के कस्ता परिवर्तन आयो होला ? ‘पशुपति प्रसादमा ग्रे जोनमा रहेको भष्मे सात वर्ष पछि बनेको ‘पशुपति प्रसाद २ : भष्मे डन’मा लेफ्ट वटा राइटतर्फ अगाडि बढ्छ ? यसकै सेरोफेरोमा यो सिनेमा करिब साढे घण्टा घुम्छ

भष्मेको प्रेम ब्रत यसको ट्रेलरमै देखिएको थियो कस्तो प्रेम ब्रत हो ? सुनको दाँत टिजरमै देखिएको थियो के हो त्यसको कथा सिनेमाले यसकै वरिपरी दुई घुमाउँछ जसरी जिन्दगी मसान घाटकै वरिपरि रहन्छ त्यसैगरी एउटै बर्गका हरेक मान्छेको जिग्दगी करिब उस्तै हुन्छ यो सिनेमाले देखाउँछ जसरी भूकम्पले मन्दिरका भित्ताहरु चर्र्किएको त्यस्तै मान्छेको जिन्दगी पनि छिया छिया भएका दृश्यहरूले मन छुन्छ

‘भष्मे डन’ जति गम्भीर कुरा गर्छ त्यति नै कमेडी पनि गर्छ उसैले हो सिनेमामा दर्शकलाई हसाउँने उसैले हो भावनात्मक कठोर हुन सिकाउने उसैले हो भोग्ने बदला त्यसको परिणाम भोग्ने पनि पशुपति प्रसाद’ मार्फत भष्मे डन जन्मियो भष्मे डनकै कारण पशुपति प्रसाद २ : भष्मे डनजन्मिएको

भष्मे डन (विपिन)

देवीहरु रोएको कस्तो नसुहाउने, ह्याँ

माता (मैना)

देवी हैन दाइहरूको जस्तै मुटु मेरो पनि यस्तो भएर किन हिँड्छु थाहा तिमीलाई जाने ठाउँ कहीँ नभए पनि यहाँ आए ……

भष्मे डन

मैले ब्रत तोडेको हो तँ वाग्मतीको भ्यागुतको डाइट भैसक्थिस् हेर अझै पनि केही बिग्रिएको छैन आइज शान्ती वार्ता गरौं

कालीप्रसाद (सौगात मल्ल)

हेइ चुप बहुत भयो तेरो ब्रत वार्ता जिन्दगीमा असान्ती मच्चार साला शान्ती वार्ता भन्छ

सिनेमाका यति मात्रै संवादले सिनेमामा समाजको क्रुरुपता, प्रेम, सर्पण, आक्रोश बदला तथा कमेडी सिनेमामा रहेको देखाउँछ जसले सिनेमालाई पूर्ण बनाउँछ द्वन्द्व प्रेम जसले सिनेमालाई स्ट्रक्चर दिएर रमाइलो बनाउँछ

अभिनयमा विपीन कार्की यसै पनि खारिएका कालाकार त्यसमा पनि रुचाएको भष्मेको उनको क्यारेक्टर राम्रो अभिनयमा उनी सधैँअब्बल

सौगात मल्ल सम्भवत पहिलो पटक सिनेमामा लाउड छैनन् उनको अभिनयले दर्शकको मन जित्छ मधेसी क्यारेक्टरमा उनी सुहाएका छन् स्वस्तिमाले आफूलाई फरक अवतारमा पनी दर्शकको मन जित्छिन् सजन थापा मगर, माओत्से, वर्षा सिवाकोटी, रविन्द्र सिँह बानियाको अभिनय राम्रो रविन्द्र छोटो भूमिकामा सशक्त पात्र हुन् सिनेमामा

सिनेमेटोग्राफरले (नीरज कंडेल) निर्देशक लेखकको अन्तर्यमा रहेको कथाको मर्म दृश्यमा उतार्न सफल भएका छन् लङ सट हुन् वा नाइटका सिन सिनेमोटोग्राफरले आफ्नो कला देखाएका छन्

सतप्रतिशत सिंक साउण्ड हो योपशुपति प्रसाद २ : भष्मे डन सिंक साउण्डले सिनेमामा आत्मा भर्ने काम गरेको छायांकनस्थल कै कलाकारको आवाज भएकाले डबिङ गर्दा सिनेमामा देखिने समस्याबाट सिनेका मुक्त

हिन्दू संस्कारका प्रयोग हुने शंखनाद तथा अन्य साउण्ड सिनेमाको व्याकग्राउण्ड स्कोरमा ठाउँठाउँमा प्रयोग गरिएको यसले सिनेमालाई नाटकीय बनाउनबाट रोकेको , अर्थात् जीवन भर्ने काम गरेको धेरै नपाली सिनेमाको व्याकग्राण्ड स्कोर कर्कस हुन्छ यसमापशुपति प्रसाद २ : भष्मे डनसचेत देखिएको   सिनेमाको व्याकग्राण्ड स्कोरले नेपाली सिनेमाको स्पष्ट झल्को दिन्छ

कलरमा पनि सिनेमामा राम्रो काम देखिन्छ रातको समयमा खिचिएका सिनमा कलर लाइटको राम्रो संयोजनले सिनेमालाई थप सुन्दर बनाएका छन्

निर्देशक दीपेन्द्र कुमार खनाल

लेखक खगेन्द्र लामिछाने

कलाकार विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, रबिन्द्र सिँह बानियाँ, सजन थापा मगर आदि

निर्माताखगेन्द्र लामिछाने

ब्यानरटुकी आर्ट्स