प्रिमियरमा ‘दिमाग खराब’ हेरेपछि बालेनले भने- ‘एन अमेइजिङ सिनेमा’

प्रिमियरमा ‘दिमाग खराब’ हेरेपछि बालेनले भने- ‘एन अमेइजिङ सिनेमा’

द सिनेमा टाइम्स
364
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेकाले पनि दर्शकमाझ ‘दिमाग खराब’को प्रतिक्षा दर्शकमाझ छ । आज शुक्रबारबाट प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’लाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सफलतताको शुभकामना दिएका छन् ।

बिहीबार साँझ लबिम मलमा आयोजित प्रिमियर शोमा सिनेमा हेर्न पुगेका बालेनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सिनेमाको पोस्टर सेयर गर्दै एन अमेइजिङ सिनेमा भन्दै सफलताको शुभकामना दिनुका साथै सवैलाई सिनेमा हेर्न आग्रह गरेका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमालाई प्रिमियरमा हेरे पश्चात धेरै उपस्थित पाहुनाले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । साथै, निर्देशक बस्नेत निर्देशित सिनेमा हेरिरहँदा केहीहदसम्म बालेनको चुनाबी अभियानबाट प्रभावीत रहेको पनि भान हुन्छ । आम मानिसको जिवनमा राजनितिले पार्ने प्रभावको कथा बोल्ने सिनेमाले हरेक दर्शकलाई आफ्नै कथा महसुस गर्ने देखिन्छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।