‘दुई कदम’को गीत ‘कागभन्दा कोइली चलाख’ रिलिज

‘दुई कदम’को गीत ‘कागभन्दा कोइली चलाख’ रिलिज

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दुई कदम’को ‘कागभन्दा कोइली चलाख’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक लोक शैलीको गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द रचना र विकास चौधरीको संगीत रहेको छ ।

सिनेमाको सार्वजनिक गीतको भिडियोमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सन विक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन् । उदय सुब्बाको निर्देशनमा बनेको सिनेमा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जिवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको एकल लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको हो । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

सिनेमामा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।