‘दिमाग खराब’ हेरेपछि हाम्रो दिमाग खुसी : विजय कुमार

‘दिमाग खराब’ हेरेपछि हाम्रो दिमाग खुसी : विजय कुमार

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ सिनेमा नेपाली सिनेमा घरहरुमा तेश्रो साता पार गर्दै चौथो सातामा प्रवेश गर्ने तयारीमा रहेको छ ।

सिनेमाले चौतर्फी तारिफ बटुलिरहेको छ । सिनेमाले नियमित नेपाली सिनेमा प्रेमीसँगै हम्मेसी हल पुगेर सिनेमा हेर्न जाँगर चलाउन नचाहनेहरुबाट प्रशंसा बटुलिरहेको छ । यस्तै नेपाली बौद्धिक क्षेत्रका मानिसहरुले पनि नेपाली सिनेमा त्यो पनि आफैंले टिकट काटेर हेरेर प्रशंसा गरेको विरलै पाइन्छ।

यस्तै निश्चल बस्नेत निर्देशित सिनेमा हेरेर बरिष्ठ पत्रकार विजय कुमार पाण्डेले आफू निकट व्यक्तिहरुसंग सामुहिक रुपमा सँगै सिनेमा हेरेर व्यापक प्रशंसा गरेका छन् । उनले फेसबुकमा आफूले सिनेमा हेर्न लगेका साथीभाइ, पत्नीसहित सिनेमाका प्रमुख अभिनेता खगेन्द्र लामिछानेसँगको सामुहिक तस्विरसहितको स्टाटस पोस्ट गरेका छन् ।

पाण्डेले बुधबार लाबिम मलमा बिनय बोहरा, सान्ड्रा कोइराला, डाक्टर भगवान कोइराला, सजनी गौतम, उत्कृष्ट घिमिरे , डाक्टर रामकुमार घिमिरे, सुषमा शाही (पाण्डेपत्नी) , डाक्टर बसन्त पंत , डा. विजया पंत , खगेन्द्र लामिछाने र डाक्टर राजेन्द्र पाण्डेसँग सिनेमा हेरेका थिए । ‘नेपाली सिनेमा ‘दिमाग खराब’ हेरेपछि हाम्रो दिमाग खुसी’ भन्ने प्रतिक्रिया दिएका छन् ।

स्टाटसमा उनले ‘कुनै पनि सिनेमामा भएका सानाठूला कमजोरी धुईधुई खोज्ने काम म सँधै समिक्षकहरुलाई छोडछु । दर्शकका रुपमा गएका हामी सबैले चाँहि ‘दिमाग खराब’ इन्जोय गर्यौ । दर्शकको दिमागमा केही कुरा सोच्न पनि बाध्य गराउँछ यो समाजिक/ आर्थिक / राजनैतिक बिषयमा आधारित सिनेमा ‘दिमाग खराब’ले । राम्रो नेपाली सेनेमाले दर्शक पाउँछ । दिमाग खराबको केसमा पनि त्यही भएको छ’, भनेका छन् ।

उनले सिनेमा नहेरेको भए हेर्दा हुन्छ भनेर सिनेमा हेर्न सिफारिस गरेका छन् । त्यसैगरी स्टाटसमा पाण्डेले अभिनेता लामिछानेले आफूहरुको काटेको टिकटको पैसा तिर्न खोजेको भएपनि आफ्नो आमन्त्रण भएकाले नदिएको बताउँदै सिनेमा खराब भएमा खगेन्द्रसँग टिकटको पैसा फिर्ता लिने सोच मनमनै बनाएको भएपनि त्यसो गर्नुनपरेको उल्लेख गरेका छन् ।

यस्तो छ ‘दिमाग खराब’ हेरेपछि पाण्डेले लेखेको स्टाटस :

नेपाली सिनेमा ‘दिमाग खराब’ हेरेपछि हाम्रो दिमाग खुसी ।

सिनेमाका मुख्य पात्र खगेन्द्र लामिछानेसंग हामी दर्शकहरु – बिनय बोहरा, सान्ड्रा कोइराला, डाक्टर भगवान कोइराला, सजनी गौतम, उत्कृष्ट घिमिरे , डाक्टर रामकुमार घिमिरे (मथिल्लो रो मा) । म , सुषमा , डाक्टर बसन्त पंत , डा. विजया पंत , खगेन्द्र लामिछाने र दाई डाक्टर राजेन्द्र पाण्डे ।

हिजो राती नाइट सो हेरियो । मेरो आमन्त्रण भएकाले, सबैको टिकट मैले किने, सिनेमाका मुख्य पात्र खगेन्द्र लामिछानेको टिकट समेत । सुरुमा खगेन्द्रले मलाई टिकट किनाउन मानेकै थिएनन । मेरै करबलमा माने ।
सिनेमा खराब भए, टिकटको पैसा खगेन्द्र लामिछानेसंग फिर्ता माग्ने मेरो मनमनै विचार थियो । त्यो अवस्था आएन ।

कुनै पनि सिनेमामा भएका सानाठूला कमजोरी धुइ धुई खोज्ने काम म सधै समिक्षकहरुलाई छोडछु । दर्शकका रुपमा गएका हामी सबैले चाही दिमाग खराब इन्जोय गर्यौ । दर्शकको दिमागमा केही कुरा सोच्न पनि बाध्य गराउछ यो समाजिक/ आर्थिक / राजनैतिक बिषयमा आधारित सिनेमा ‘दिमाग खराब’ले ।

राम्रो नेपाली सेनेमाले दर्शक पाउछ। ‘दिमाग खराब’को केसमा पनि त्यही भएको छ। नहेरेको भए, हेर्दा हुन्छ।