सुरज सुनुवारको निर्देशनमा ‘खजुरे ब्रो’को शुभसाइतसँगै निर्माण घोषणा

सुरज सुनुवारको निर्देशनमा ‘खजुरे ब्रो’को शुभसाइतसँगै निर्माण घोषणा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक सुरज सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ । शुक्रबार सिनेमाको निर्माण टिमले बंगलामुखी मन्दिर पुगेर शुभसाइतसँगै निर्माण घोषणा गरेको हो ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा कमेडी जनरामा आधारित रहने बताइएको छ । सिनेमाको लेखन पनि स्वंयम् निर्देशक सुनुवार हुन् । सुनुवारले ८ बर्ष अघि सिनेमा ‘षडङ्ग’को निर्देशन गरेका थिए । ‘खजुरे ब्रो’ उनको कमब्याक सिनेमा हुने बताइएको छ ।

नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने सिनेमा काकार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् । शिशिर बिशंखेले छायांकन गर्ने सिनेमा माघ पहिलो साताबाट फ्लोरमा जानेछ ।

सिनेमामा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको नाम भने निर्माण टिमले गोप्य नै राखेको छ । अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उदेश्यका साथ सिनेमा निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए ।

सिनेमामा अनमोल गुरुङको संगीत रहनेछ । प्रकाश भुजेल प्रोडक्सन म्यानेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेको सिनेमाको छायांकन इटहरी, धरान, दार्जलिंग र काठमाडौंमा हुनेछ ।