प्रतिभावान नयाँ कलाकारलाई अवसर दिन ‘पर्खी बसें तिमीलाई’ निर्माण गरे : राजाराम बुढाथोकी

प्रतिभावान नयाँ कलाकारलाई अवसर दिन ‘पर्खी बसें तिमीलाई’ निर्माण गरे : राजाराम बुढाथोकी

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइमस, काठमाडौं – आगामी पौष २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पर्खी बसें तिमीलाई’का निर्माता राजाराम बुढाथोकीले केही म्युजिक भिडियोसँगै ‘रक्षा’ नामक एक छोटो सिनेमा निर्देशन गरेका छन् । यो सिनेमाबाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । ‘पर्खी बसें’ झैँ यसपटक पनि निर्देशक दीपक श्रेष्ठले नयाँ कलाकार डेब्यु गराएका हुन् ।

कमेडी र एक्सन सिनेमाको सङ्ख्या बढिरहदा निर्माता बुढाथोकीले प्रेम कथालाई दर्शक माँझ ल्याउनु उपयुक्त रहेकाले सोही योजना अनुरुप सिनेमा निर्माण गरेको बताए । ‘कलाकार नयाँ भए पनि अभिनय हेर्दा वा प्रचार सामग्री हेर्दा सबैले राम्रो भन्नु भएको छ । केही वर्ष आगाडि यहिँ नामबाट निर्देशक श्रेष्ठले डेब्यु गराउनु भएका कलाकारहरू स्थापित हुनुभयो । हामीले पनि सम्भावना बोकेका कलाकारलाई अवसर दिएका हौँ’, निर्माता बुढाथोकीले भने ।

उनले नयाँ प्रतिभालाई अवसर दिनु मेकरको दायित्व रहेको समेत बताए । पहिलो सिनेमा भएपनि व्यावसायिक निर्माताहरुले भन्दा कम काम आफूले नगरेको उनी बताउँछन् । उनले निर्देशक श्रेष्ठलाई राम्रो सिनेमा बनाउन प्रेरित गरेको र सहकार्य सम्भव भएको बताए । सिक्किम र नेपालको काठमाडौं, ललितपुर, कालिन्चोकलगायतका रमणीय दृश्य छायांकन गरिएको सिनेमाले आँखालाई शितलता दिने उनको भनाई छ ।

‘हामीले विशुद्ध प्रेम कथा लिएर आएका छौँ । अहिलेका पुस्ताको प्रेम, विछोड तर बेदनालाई देखाइएको छ । यसको पात्रसँग युवाले धेरै नै रिलेट गर्नु हुन्छ भन्ने लागेको छ’, निर्माता बुढाथोकीले भने ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको सिनेमामा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यो सिनेमामा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ ।

सिनेमामा कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।