शुक्रबारबाट प्रदर्शनमा आए ‘दयारानी’ र ‘हात्तीछाप’

शुक्रबारबाट प्रदर्शनमा आए ‘दयारानी’ र ‘हात्तीछाप’

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् । राम्रो प्रचार प्रसारका बीच प्रदर्शमा आएका यी दुई सिनेमाले तिहारपछि नेपाली सिनेमामा दर्शक फर्काउने अपेक्षा गरिएको छ । स्टारकास्टका कारण पनि यी सिनेमा चार्चामा छन् ।

सिंगल स्क्रिनदेखि मल्टिप्लेक्ससम्म यी दुई सिनेमाले उच्च शो पाएका छन् । ‘दयारानी’ले देशभरका सिनेमा हलमा करिब १५० शो पाउँदा ‘हात्तीछाप’ले २०० हाराहारीमा शो पाएको छ । अग्रीम टिकट बुकिङ्ग उत्साह पूर्ण नभएपनि नेपाली सिनेमाको डिजिटल माध्यमा भन्दा टिकट डोर सेल हुने भएकाले दुवै सिनेमाले सुखद सुरुवात गर्ने अपेक्षा निर्माण टिमको छ ।

शुक्रबार यी दुई सिनेमालाई दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथ मिलेको खण्डमा शनिबार हलमा दर्शकको फ्लो बढ्ने देखिन्छ । शुक्रबार रिलिज भएका दुई सिनेमामध्ये ‘दयारानी’लाई अभिनयमा सफल कलाकार माओत्से गुरुङले निर्देशन गरेका हुन् भने ‘हात्तीछाप’लाई निर्देशक सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । किरन नेपालीको प्रस्तुती र सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा पुष्कर गुरुङ र अमलादेवी राई छन् । सिनेमालाई आरआर फिल्मस्ले नेपालमा र एमएसएमले विदेशमा वितरण गर्दैछ ।