तपाइँले बुझ्नु भएको ‘महाजात्रा’ के हो ?

तपाइँले बुझ्नु भएको ‘महाजात्रा’ के हो ?

सिनेमाको सम्पूर्ण कुरा जोडिएको पात्र म नै हुँ । मेरो नकारात्मक भूमिका दर्शकलाई नयाँ पनि हुनेछ । सिनेमामा महाजात्रा नै मेरो कारणले हुन्छ ।

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक प्रदीप भट्टराई मह सञ्चारमा डेढ दशक काम गरेपछि सिनेमा ‘जात्रा’ मार्फत निर्देशनमा डेव्यु गरेका थिए । उनले पहिलो सिनेमामार्फत नै दर्शक र समीक्षकको विश्वास जिते । अर्थात् बक्सअफिसमा सिनेमा सफल भयो । सोही कारण पहिलो सिनेमाले नै ५१ औँ दिन पार गर्यो ।

त्यसपछि निर्देशक भट्टराईले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई बक्सअफिसमा अब्बल सावित गरिसकेका छन् । समीक्षकले पनि उनको ‘जात्रा’ शृङ्खलालाई रुचाए । नेपालमा बन्ने गरेको सिक्वेलमा संवत ‘जात्रै जात्रा’ जत्तिको प्रसंशा कमै सिनेमाले पाएका छन् ।

निर्देशक भट्टराईका गुरू वा पथप्रदर्शक हरिवंश आचार्यलाई उनले पहिलो सिनेमा ‘जात्रा’ मा गायकका रुपमा जोडेका थिए । तर, निर्देशक भट्टराईलाई अभिनय किन नगराएको भन्ने प्रश्नले पछ्याई रह्यो ।

दोस्रो सिनेमा ‘शत्रु गते’ मह सञ्चारकै गरेका निर्देशक भट्टराईले ‘महापुरुष’मा अभिनेता आचार्यलाई मुख्य भूमिकामा लिएका थिए । नाम अनुसार अभिनेता आचार्य फिट भए । उनी नेपाल सरकारको तर्फबाट प्रदान गरिने राष्ट्रिय सिनेमा पुरस्कारमा उत्कृष्ट अभिनेता बन्न सफल भए । यसपटक ‘जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’ मा अभिनेता आचार्य राजनीतिज्ञको भूमिकामा देखिँदैछन् ।

स्वच्छ र सरल छवी निर्माण गरेका अभिनेता आचार्यले यसपटक भ्रष्ट राजनीतिज्ञको कार्यशैलीलाई सिनेमामा प्रस्तुत गर्दैछन् । यसै सन्दर्भमा अभिनेता आचार्यसँग गरिएको ‘महाजात्रा’ संवाद यस्तो छ ।

तपाइँलाई राजनीतिज्ञको नकारात्मक भूमिका निर्वाह गर्न के कुराले आकर्षित गर्यो ?
म आफूले निर्वाह गरेको भूमिकामा भन्दा फरक गरौँ भन्ने सोच राखेर काम गर्छु । सोही कारण पनि नयाँ र फरक भूमिकामा मेरो प्राथमिकतामा पर्छ । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्छ । यस्तो कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ । यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ ।

प्रदीप भट्टराईले निर्देशन गर्नु भएकै कारण विश्वास बढेको हो ?
एउटा कारण प्रदीप पनि हुन् । उनले हामीसँग मह सञ्चारमा लामो समय मुख्य सहायक निर्देशक र निर्देशक भएर काम गरे । उनीसँग दुई सिनेमामा पनि काम गरिसकेको हुँदा म उनको काम प्रति ढुक्क छु । मलाई उनले पात्रको बारेमा सुनाएपछि मैले सहमति दिएँ । किनकि उनले कस्तो काम गर्छन् भन्ने मलाई दुई दर्शकदेखि थाहा छ । मैले सिनेमा गर्छु भन्दा पूर्णरुपमा स्क्रीप्ट पनि पढेको थिइन् । किनकि उसका कथाले समाजलाई मनोरञ्जनसँगै संदेश दिईरहेका हुन्छन् । साथै, प्रदीपले सिनेमा प्रस्ताव गर्दा नाई भन्ने सायदै होलान् जस्तो पनि लाग्छ ।

‘महापुरुष’ पछि दर्शकको अपेक्षा तपाइँ प्रति बढेको छ, त्यसलाई यसले पुरा गर्छ ?
अवश्य गर्छ । किनकि सिनेमाको सम्पूर्ण कुरा जोडिएको पात्र म नै हुँ । मेरो नकारात्मक भूमिका दर्शकलाई नयाँ पनि हुनेछ । सिनेमामा महाजात्रा नै मेरो कारणले हुन्छ । मलाई प्रस्ताव गर्दा नै महाजात्रा गराउनु तपाइँ चाहिन्छ भन्नु भएको थियो । भूमिका त्यहि अनुरुप छ ।

तपाइँले बुझ्नु भएको ‘महाजात्रा’ के हो ?
जात्राकै शृङ्खला हो । यो रमाइलो छ । यसमा बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने सङ्घर्ष, देशमा केही गरौँ भन्ने युवाको दैनिकी, राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास लगायतका पक्ष छन् । उल्लेखित कुराहरू सिरियस छन्, जसलाई मनोरञ्जनात्मक प्रस्तुतीमार्फत पर्दामा ल्याईएको छ । बेरोजगार युवाहरूले सर्टकट खोज्दा भोग्ने प्रतिस्थिति पनि छ । यो गम्भीर विषयको रमाइलो प्रस्तुती हो ।

तपाइँलाई कुनै भूमिका प्रस्ताव हुँदा के कुरामा बढी ध्यान दिनुहुन्छ ?
मैले सिनेमाको विषयवस्तु हेर्छु । त्यसपछि मेरो भूमिकाको कथामा आवश्यकतालाई हेर्छु । अनि सिनेमा निर्माण गर्ने टिमले पछिल्ला काम कस्तो गर्नुभएको छ र मलाई कुन किसिमको प्रस्तुतीकरणमार्फत प्रस्तुत गर्दै हुनुहुन्छ, ती सब हेरेर मैले सिनेमा गर्ने वा नगर्न निर्णय लिन्छु । यो प्रदीप भट्टराईमा भने लागु हुँदैन, किनकि उनीसँग दुई दर्शक बढी काम गरेकाले म हरेक पाटोमा विश्वस्त हुन्छु ।

सिनेमामा अभिनय गरिरहनुभएको छ, निर्माणको योजना के छ ?
अहिले सिनेमा निर्माण भन्दा पनि अभिनयमै केन्द्रीत छु । म राम्रो निर्माण समूहसँग काम गर्ने योजना अनुसार अभिनयमै केन्द्रीत छु । त्यसैले अहिले निर्माणमा केही समय लाग्छ । अहिले मलाई अभिनेताकै रुपमा पाउनु हुनेछ ।