‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेसडरमा नीति

‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेसडरमा नीति

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाहको व्यस्तता पछिल्लो समय बढ्दै गएको छ । आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी उनले त्यसपछि निर्देशक सविर श्रेष्ठको सिनेमा ‘रुखान’ सम्झौता गरेकी थिइन् ।

यता निर्देशक दीवाकर भट्टराईको नयाँ सिनेमा ‘राजा’मा पनि नीतिले काम गर्न लागेको जानकारी प्राप्त छ । यसरी हेर्दा उनलाई सिनेमाको अभाव देखिँदैन । सिनेमासँगै ब्रान्ड बजारमा पनि उनको माग उच्च छ । सन् २०१७ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जितेपछि उनी दर्जनौं ब्रान्ड प्रवद्र्धनमा जोडिसकेकी छन् । यो उनको आम्दानीको राम्रो स्रोत पनि हो ।

यसैबीच, नीति ‘ब्राडफोड ग्लोबल तथा एप्लाइ ग्लोबल’ कन्सलटेन्सीको ‘ब्रान्ड एम्बास्डर’ बनेकी छिन् । आइतबार नीति र कन्सलटेन्सीका निर्देशक पवन बिष्टबीच कागजी सम्झौता भयो ।

‘ब्रान्ड एम्बास्डर’ नियुक्त भएपछि उनले भनिन्- ‘ब्राडफोडले १८ वर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रावृत्तिमा सहयोग गर्ने, काउन्सिलिङ गर्ने तथा उचित मुल्यमा ‘इङ्लिस प्रोफिसेन्सी टेष्ट’हरु समेत गरिरहेको सुन्दा खुशी लाग्यो । यस्तो संस्थाको ब्रान्ड एम्बास्डर हुन पाउँदा एकदमै खुशी लागेको छ ।’

नीतिले अब यो कन्सलटेन्सीको प्रवद्र्धन गर्नुपर्नेछ । संस्थाका निर्देशक रविन्द्र घिमिरेले कन्सलटेन्सीले अझै अब्बल र गुणस्तरीय कार्य गर्ने वाचा गरे ।

ब्राडफोड ग्लोबलका निर्देशक तथा एप्लाई ग्लोबलका प्रमुख पवन विष्टले आफूहरु सधैं विदेश अध्ययन गर्न जाने सिलसिलामा विद्यार्थीहरुले कुनै बाधा झेल्न नपरोस् भनेर काम गरिरहेको बताउँछन् । उनले, नीति शाहलाई ब्रान्ड एम्बासडरमा नियुक्त गर्न पाउँदा खुशी लागेको समेत बताए ।