‘मनसरा’ के हो ?, उपेन्द्र भन्छन्- मान्छे केले सुन्दर बनाउँछ ?

‘मनसरा’ के हो ?, उपेन्द्र भन्छन्- मान्छे केले सुन्दर बनाउँछ ?

'मनसरा'को कथा उपेन्द्रको स्टक कथा होइन, नयाँ हो । लकडाउनका बेलामा यता शहर (काठमाडौं) छिर्न बर्जित भएका बखत मर्निङ वाकका बेलामा फुरेको कथा हो ।

दिनेश सिटौला
483
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कवि टर्न निर्देशक उपेन्द्र सुब्बा सम्पादनको टेबलमा पहिलो पटक आफ्नो सिनेमा ‘जारी’को पहिलो कट हेरेर घोरिएको घोरिए नै भए । उनलाई लाग्यो – कता पो आएछु हौं ?

यस्तो लाग्नुको कारण थियो, सिनेमामा उनले लेखे अनुसार खिचाइमा थिएन । त्यसैले उनी घोरिएको घोरियैं भएका थिए । ‘जे सोचेर लेखें त्यति नै खिचेर नआको महशुस भयो। जस्तो मत लेखक न हो लेखिरहेको मान्छे, जब फुटेजहरु हेरें नि आम्मामा …… निमेश जीले पहिलो ड्राफ्ट काट्नु भाको थियो । त्यो हेरें’, उनले त्यो क्षण सम्झिदैं भने,’त्यसपछि घोरिदां घोरिदा टाउको दुखेर छटपटिए ।’

त्यो छट्पटाहट देखर क्यामेराम्यान शैलेन्द्रले उपेन्द्रलाई ढाडस दिए – हैट ! दाइ बन्छ के बन्छ । त्यो ढाडसले उपेन्द्रलाई राहत मिलेन जवाफ फर्काए- खै ! कहाँ देखिन् बन्छ ?

अलिपछाडि फेरि पुनःसम्पादन र त्रृटिहरुमा सुधार गरेपछि बल्ल उपेन्द्रलाई अलिअलि सास आएजस्तो भयो। ‘अलिक हेर्नुहुनेजस्तो भयो। अलिकति बनायौं तर मैले चाहेजस्तोचाँहि बनाएको होइन’, उनले भने ।

प्रतिशतमा लेखाइ अनुसार पर्दामा देखाइ कति आयो भन्नेमा उपेन्द्र आफूलाई ५० प्रतिशतको अंकभार दिन्छन् । अंक दिएपछि आफ्नो सिग्नेचर हाँसोमा ‘हा हा हा हा हा’ गर्दै उनले भने- तर मेरो लेखाइमा चाँहि बडो सुन्दर थियो ।

लेखकलाई निर्देशनले कसरी रोक्दोरेछ त ?

‘पहिलो पहिलो थियो । ‘जारी’ गर्नुभन्दा अगाडि धेरैलाई मैले लेखकका रुपमा ढाँटि खाएको पो रहेछु । मलाई राम्ररी स्क्रिनप्ले नै नआउँदोरेछ भन्ने ‘जारी’ बनाएपछि मात्रै मलाई थाहा भयो । नढाँटि भन्ने हो भने म त यसै स्क्रिप्ट लेखक भएर खाको रहेको छु’ आफैलाई ‘चु चु चु’ गर्दै उपेन्द्रले भने ।

‘जारी’को कवि टर्न निर्देशक उपेन्द्र सुब्बाले सिनेमामा ढल्नु ९ वर्ष अघि लिपिबद्ध गरेको कथा थियो।

लेख्दा आफै निर्देशकको कुर्सीमा पुग्नका लागि लेखेका थिएनन् तर उपेन्द्रलाई सिनेमा बन्छ भन्ने चाँहि थियो । त्यसपछि उनले ‘जारी’ कसले निर्देशन गर्ला भनेर गने ।

उनले आफ्नो पहुँचमा भएका केही साथीभाइ निर्देशकहरु रामबाबु गुरुङ, निश्चल बस्नेत जो थिए उनीहरुलाई सम्झिए ।

लिम्बु समाजको आस्था, विश्वास ,पद्दति उनीहरुले बुझ्छन् जस्तो उपेन्द्रलाई लागेन ।

यसो सम्झिए- लिम्बु भएकाले नबिन सुब्बाले पो गर्छन् कि ?

‘के पत्याउँछ बुढोले ?’, उपेन्द्रले नबिनको सम्झना गर्दै भने।

यताबाट नहुने भएपछि लिम्बु सस्कृतिमाथि काम गरिरहेका भाइहरु पनि उनले नसम्झेका होइनन् ।

उता नविनले नपत्याएका उपेन्द्रले यता स्वयं ती भाइहरुलाई पत्याएनन् ।

‘मैले पनि नपत्याइदिएजस्तो गरें’, उनले ‘जारी’बाटको आफ्नो निर्देशन प्रसव सम्झदै भने, ‘अलिअलि रहर थियो, त्यो रहरलाई अलिअलि मलजल गरें । आँट गरें ।’

‘तर लेख्दा सम्मचाँहि म निर्देशन गर्ने भनेर लेख्या होइन’, उनले निर्देशक बन्ने लोभमै आफू नपरेको स्पष्टिकरण दिदैं भने ।

जे होस ‘जारी’ सिनेमाबाट निर्देशक भएपछि उपेन्द्रले थुप्रै कुराहरु सिके ।

‘कति कल्पना गर्न सकिदों रहेछ र कति काम गर्न सकिदो रहेछ । केके पावन्दी रछ, केके कुराहरुमाचाँहि जोगिनुपर्ने रछ । मुडहरु, इमोशनहरुको ग्राफहरु कसरी बढ्दो रहेछ । यी कुराहरु सिकें ।’

सिनेमा रिलिज भयो । वक्सअफिस, समीक्षक, दर्शक आदि सबैबाट ‘जारी’ले पाउनुपर्ने जत्ति सबै पायो । राम्रो समीक्षा सँगै ब्लकबस्टरको कम्बो सफलता उपेन्द्रको सिनेमाले पायो ।
‘लजाउँदै लजाउँदै भएपनि रमाइलो मानें’, उनले सम्झिएं ।

त्यो सफलतालाई पर्दामा पुन: दोहोर्याउने आशासहित उपेन्द्र ‘मनसरा’ बोकेर बैशाख २१ गते हलमा देखा पर्दैछन् । गत वर्षको ब्लकबस्टर सुरुवातलाई ठ्याक्कै एक वर्ष र तीन सातापछि उनी यो सिनेमा लिइर दर्शकमाझ आइपुग्दैछन्।

दोश्रो सिनेमामा आउँदा उनले अरुले के-कसो गर्छन्, त्यो बारेमा उत्ति थाहा नभएपनि उनले यसपटक ‘जारी’मा गरिएका गल्तीलाई यो सिनेमामा नगरेको आत्मविश्वासका साथ बताउँछन्।

‘हैट यति पर्फेक्ट छ भन्दिन तर एउटा श्रष्टाको रुपले मनमा अलिअलि होकि होकि जस्तो पनि हुने, हैट ! (चर्कदैं) होइन-होइन पनि हुने (थप चर्कदैं) थैट पनि हुने, हैन के भा यो ?, अचम्मको चिज छ, म स्वयंको लागि चाँहि’, उत्साहित उपेन्द्रले आफ्नो निकट रिलिज सिनेमा कस्तो बनाइयो जस्तो लाग्छ भन्ने प्रश्नको उत्तर दिदैं भने, ‘तर मलाई एउटा विश्वास के पनि हो भने साथीभाइ-दर्शकले हेरे भनेचाँहि राम्रै मान्छन् होला भन्ने पनि आश छ।’

‘मनसरा’मा ‘जारी’ भन्दा निक्कै राम्रो गरी काम गरेको उपेन्द्रको भनाइ छ । ‘जारी’ जस्तो छटपटि उपेन्द्रलाई यो सिनेमा बनाउँदा भएको छैन् ।

भन्छन्- यसपटक हेर्नुसकें मैले । ध्वनि बिना नै हेर्दा पनि उपेन्द्र सिनेमामा यसपटक अल्झिएका छन् । यसले नै सिनेमाले दर्शकलाई राम्रैगरी अल्झाउने विश्वास उनमा जागेको छ ।

‘मनसरा’को कथा उपेन्द्रको स्टक कथा होइन, नयाँ हो । लकडाउनका बेलामा यता शहर (काठमाडौं) छिर्न बर्जित भएका बखत मर्निङ वाकका बेलामा फुरेको कथा हो ।

नखिपोट बस्थे उनी । उनले ‘मनसरा’ खिचेको ठाउँ उनी बस्ने ठाउँ भन्दा परपर्छ जहाँ खेतिपाती चल्छ । त्यता मास्कबिना उन्मुक्त हिँड्ने पाइने । उनी यस सिनेमामा निर्माता तथा क्यामराम्यान शैलेन्द्रसँग त्यता वाकमा निस्किन्थे । ‘त्यतिखेर दिमागमा आएको कथा हो यो’, उपेन्द्रले भने।

यो कथाले दिन्छ के ?

प्रश्नमा एकछिन के दिन्छ त भनेर घोरिए अनि छेवैका प्रविण खतिवडा (जो यो सिनेमामा प्रमुख भूमिकामा छन्) लाई सोधे।

प्रविणले जवाफ फर्काए – मनोरञ्जन ।

जवाफ सुनेर उपेन्द्र ‘हा हा हा हा’ गर्दै उही सिग्नेचर हाँसो हासे ।

‘यस्तो हो । मान्छे केले सुन्दर बनाउँछ भन्ने कुरा नै हो’, उनले गम्भिर हुँदै भने ।

‘मैले जानेको बुझेंको कुरा नै सत्य हो भन्ने पनि होइन । म त्यो दाबीचाँहि गर्दिन । तर मैंले देखेको, हेरेको सुन्दर कुराचाँहि अरुले देख्दा पनि सुन्दरै लाग्छ होला भन्नेचाँहि लाग्दो रछ एक श्रष्टालाई । रनैले लेखिदों रहेछ कविता होइन, रनै बोलिदों रहेछ, रनै गीत गाइन्छ । नत्र मेरो गीतले मान्छे रमाइलो मान्दैनन्, आनन्द मान्दैनन भन्यो भने त कहाँ गीत गाइन्छ त ? साराले मान्दैनन्, थौरैले भा पनि त मानदिन्छन् । यही होला ?’