आजबाट हलमा ‘मनसरा’, उत्कृष्ठ प्रतिक्रिया र उच्च शोले आक्रामक व्यापारको अपेक्षा

आजबाट हलमा ‘मनसरा’, उत्कृष्ठ प्रतिक्रिया र उच्च शोले आक्रामक व्यापारको अपेक्षा

द सिनेमा टाइम्स
196
Shares

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट सिनेमा ‘मनसरा’ देशभर प्रदर्शनमा आएको छ । मल्टिप्लेक्सहित ठूला चेनमा उच्च शो पाएको सिनेमा आजबाट देशभरका हलमा रिलिज भएको हो ।

क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा नै देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो । काठमाडौंमा २८ र मोफसलमा ४१ शो प्रदान गरेको थियो । यो उच्च शो संख्या हो ।

वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले १४ शो दिएको छ । अन्य मल्टिप्लेक्सले पनि यो सिनेमालाई उच्च शो दिएका छन् ।

सिनेमाले प्रिमियरमा उत्कृष्ठ प्रतिक्रिया पाएको थियो । काठमाडौं र विराटनगरमा गरेको प्रिमियरमा उपस्थितले सिनेमा राम्रो रहेको भन्दै प्रतिक्रिया दिएको थिए । सोही अनुसारको सामाजिक सञ्जालमा पोस्ट र वर्डअफ माउथ रहेको छ । जसका कारण निर्माणपक्ष उत्साही छ भने आक्रामक व्यापार गर्ने अपेक्षा छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेका सोसल ड्रामा ‘मनसरा’ले निःसन्तान दम्पती र छुटिएका श्रीमान श्रीमतीको कथा भन्छ । सिनेमामा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।

सिनेमामा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय रहेको छ । सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दैछ । क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान सिनेमाको डिजिटल पार्टनर हो ।