दर्शकको उच्च वर्डअफ माउथसहित दोस्रो सातामा ‘बोक्सीको घर’

दर्शकको उच्च वर्डअफ माउथसहित दोस्रो सातामा ‘बोक्सीको घर’

द सिनेमा टाइम्स
490
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारी अभिनित तथा निर्मित सिनेमा ‘बोक्सीको घर’ आज शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो हप्ता बक्सअफिसमा आक्रामक व्यापार गरेका सिनेमाले दोस्रो सातामा पनि त्यो रफ्तारलाई कायम राख्ने विश्वास निर्माण टिमलाई छ ।

पहिलो हप्ता ६ करोड बढि ग्रस बक्सअफिस कलेक्सन गरेको सिनेमाले दर्शकबाट उच्च वर्डअफ माउथ पाइरहेको छ । दोस्रो सातामा पनि उच्च शोसहित प्रदर्शनरत छ । सिनेमा पहिलो हप्तामा नै बक्सअफिसमा सुपरहिट भएपछि बिहीबार निर्माण टिमले सिनेमाको दोस्रो भाग पनि निर्माण गर्ने घोषणा गरिसकेको छ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।