दयाहाङलाई पूर्णआत्मविश्वास, नवीन भन्छन्- दुई दर्जन फेस्टिभलमा त्यसै छनोट भएको होइन

दयाहाङलाई पूर्णआत्मविश्वास, नवीन भन्छन्- दुई दर्जन फेस्टिभलमा त्यसै छनोट भएको होइन

दिनेश सिटौला
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं अभिनेता दयाहाङ राई सिनेमागाउँ आएको बाटोलाई लिएर पूर्णत आत्मविश्वास छन् इन्टरनेसनल फेस्टिभलमा गएका सिनेमाभन्दा यो भिन्नै रहेको उनको भनाइ त्यसैले पनि यो सिनेमाप्रति उनको विश्वास उच्च रहेको हो

इन्टरनेसनल सिनेमा महोत्सवमा गएका यसअघिका सिनेमाको वाचन शैली केही भिन्न हुने गरेको कतिमा नयाँ नयाँ प्रयोग समेत हुने गरेको उनको भनाइ फरक कथ्यशैली प्रयोग भएका सिनेमा हेर्ने बानी दर्शकलाई नभएको उनी बताउँछन् त्यसैले यसअघि फेस्टिभलमा गएका कतिपय सिनेमाले रेकर्ड नै ब्रेक गर्नेगरी नचलेको उनको भनाइ यसमासेतो सूर्यलगायत केही सिनेमा उनी स्वयं पनि छन्

तर गाउँ आएको बाटो लिनियर शैलीमा सबैले बुझ्नेगरी सरल सिनेमा बनेकाले पनि यो सिनेमा धेरैले मन पराउनेमा ढुक्क छु,’ दयाहाङ भन्छन्, ‘त्यसैले यो सिनेमालाई लिएर मेरो पूर्ण आत्मविश्वास ।’

विभिन्न लेयरमा कथा भनिएकाले गम्भीर रुपमा हेर्दा यसको धेरै गहन अर्थ बोकेकाले अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा पनि रुचाइएको उनको भनाइ सडक गाउँको सम्बन्ध, बाउ छोरोको सम्बन्धको कथा आफैँमा गहन रहेको उनी बताउँछन् यी विभिन्न लेयरलाई विश्वभरका दर्शक फेस्टिभलले रुचाएको उनको भनाइ

फेस्टिभलमा गएका सिनेमा हेर्न अथवा बुझ्न गाह्रो हुन्छ भन्ने गरिएको भन्दै उनले दिमाग खाली राखेर सिनेमा हेर्न जानुपर्ने बताए

निर्देशक नवीन सुब्बा लिनियर शैलीमा कथा भन्नुको कारण नेपाल बाहिरका दर्शकलाई एउटै सिनेमा मार्फत् जोड्नु रहेको बताउँछन् नेपाली सिनेमामा दर्शक फेस्टिभल ओरियन्टेड स्वदेशी बजारका कमर्सियल सिनेमाका लागि भनेर विभाजित रहेको उनको भनाइ यी दुवै दर्शकलाई एउटै सिनेमामार्फत अर्थात् एकै खालका सिनेमामार्फत जोड्न आवश्यक रहेको उनी बताउँछन् यी दुवै खालका दर्शकले मन पराउने सिनेमा बनाउन आवश्यक रहेको महसुस गरेर आफूले सिनेमा गाउँ आएको बाटोबनाएको उनी बताउँछन्

इन्टरनेसनल फिल्म फेस्टिभलमा रुचाइएका सिनेमा नेपाली दर्शकले त्यति धेरै मन पराउँदैनन् भन्ने गलत भाष्य निर्माण गरिएको भन्दैउनी फेस्टिभलमा गएका सिनेमा पनि चलेको बताउँछन्

नेपालबाट फेस्टिभलमा गएका सिनेमाको संख्या आजसम्म जम्मा सात/आठवटा मात्रै रहेको ती मध्ये अधिकांश नेपाली बजारमा पनि राम्रै चलेको उनको दाबी अनुपातका आधारमा हेर्ने हो भने कमर्सियल भनेर बनाइएका सिनेमा नै धेरै नचल्ने गरेकोथार्थलाई भुल्न नहुनेमा उनको जोड

कमर्सियल भनेर बनाइएका सिनेमा वर्षमा ९५ प्रतिशत सिनेमा घाटामा गइरहेको तथ्यलाई भुलेर फिस्टिभलमा गएका सिनेमा चल्दैनन् भनेर गलत सन्देश प्रवाह गर्ने काम भइरहेको उनको तर्क

गाउँ आएको बाटोसडकले बाउछोराको सम्बन्धमा पार्ने प्रभावको कथा भएको नवीन बताउँछन् सडकले गाउँमा सपनाहरू लिएर आउँछन् सडकले सपना मात्रै होइन त्यसँगै दुःख पनि लिएर आउँछन्,’ उनी भन्छन्, ‘त्योसँगै बाउले गर्ने संघर्षको कथा यो सिनेमाले भन्छ सडकले छोराका सपनाहरू बढाइदिने बाउको पनि सपना हुन्छ त्यो सपना प्राप्त गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्छ

दयाहाङ राईले सिनेमाले गाउँमा गाडी सँगै धेरै कुरा आएको त्यसपछि त्यसैले गाउँबाट धेरै कुरा लगेको कथा सिनेमाले भन्ने बताए गाउँमा गाडी बाटो आयो बाटोसँगै गाडी आयो त्यसले गाउँबाट धेरै कुरा लग्यो होला भन्ने लाग्छ,’ उनी भन्छन्, ‘यही कुरा नै यो सिनेमाको कथाले भन्ने प्रयास गरेको गाउँमा सडक पुगेपछिको कथा परिवर्तन यो सिनेमाले भन्नेछ

नवीन सुब्बा प्रायः नेपाली सिनेमामा केही केही नयाँ प्रयोग गर्न रुचाउँछन् कास्टिङ डाइरेक्टर वर्कसप गराउने चलन उनैले भित्र्याएका हुन् अहिले यो सिनेमामार्फत डाइलग कोच अर्थात् डाइलग डाइरेक्टरको अभ्यास गराएका छन्

उनले आर्ट डिरेक्टर, कस्ट्युम डिरेक्टर, प्रप्स डिपार्टमेन्टको हेड आफैँ ट्रेन्ड गरेर सिनेमामा काम गरेका छन् त्यस्तै टेक्स्ट एनलाइसिस मेथडलाई पहिलो पटक प्रयोग गरेका छन् दयाहाङ राईले यही मेथडबाट आफ्नो चरित्र निर्माण गरेर काम गरेका छन् त्यसैले यो सिनेमाबाट आफूले धेरै कुरा सिकेको अब अन्य सिनेमामा प्रयोग गर्दै जाने उनले बताएका छन्

फेस्टिभल ओरियन्टेड घरेलु दर्शक लक्षित सिनेमाका गरी दुवै दर्शकलाई लक्षित नगरेसम्म नेपाली सिनेमा उद्योगको विकास नहुने नवीन बताउँछन् यसपट आफूलेगाउँ आएको बाटोमो धेरै एक्सपेरिमेन्ट नगरेको बताउँछन्

हामी योपटक धेरै एक्सपेरिमेन्ट गर्ने पक्षमा थिएनौँ त्यसैले गरेनौँ पनि तर लेयर लेयरमा कथा आउँछ’, नवीन भन्छन्, ‘यसलाई दर्शकले मन पराउनु हुनेछ,’ उनी भन्छन्, ‘विश्वभरका दर्शकले त्यसै पक्कै मन पराउनु भएन होला केही भएरै मन पराउनु भएको होला भन्ने लाग्छ २२ वटा फेस्टिभलमा गइसकेको अझै केही फेस्टिभलमा जाँदैछ

गाउँ आएको बाटोले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिकपरिवर्तन संघर्षको कथा पेस गर्नेछ

पछ्याउँदै आएको परम्परागत जीवनशैलीमाथि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा सिनेमाको कथा केन्द्रित रहेको बताइएको बाबुआमा उनीहरूको छोरा विकाससँगै बदलिएको परिस्थितिमा नयाँ संसारमा कसरी घुलमिल हुन्छन् सपना फेरिन्छन् भन्ने कथा सिनेमाले भन्ने निर्माण पक्षले बताउँदै आएको

गाउँ आएको बाटोआउँदो जेठ २५ गते रिलिज हुँदै सिनेमामा दयाहाङ राई, पशुपति राई प्रसान राई प्रमूख भूमिकामा छन् नुमाफुङबनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो

टोरोन्टो बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेकोगाउँ आएको बाटोको पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् मेन्छ्याम फिक्चर्स बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई निर्देशकसुब्बा हुन्

यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई भीम राई छन्