भदौ २१ मा शिल्पा मास्केको ‘देवी’ रिलिज घोषणा

भदौ २१ मा शिल्पा मास्केको ‘देवी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
364
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘देवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । महिला यौनहिंसा विरुद्धको कथावस्तुमा आधारित सिनेमा आगामी भदौ २१ अर्थात् तीजको अवसरमा रिलिज हुनेछ ।

सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । सञ्जोग राई निर्देशित क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई रामबाबु गुरुङको बाँसुरी फिल्म्सले प्रदर्शनमा सघाउने भएको हो ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्म्ससँगको सहकार्यमा सिनेमा नेपालसहित विदेशमा पनिा एकसाथ प्रदर्शनमा आउनेछ । यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका राईले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथामा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो सिनेमा बनाउने प्रयास गरेको बताए ।

निर्देशक राईले नेपालमा क्राइम थ्रिलर सिनेमा थोरै मात्र बन्ने भएकाले पनि हामीले यो जनरामा हात हालेका उल्लेख गरेका छन् । सिनेमामा एक अपरिचित पात्रले धमाधम बलात्कारीको हत्या गरिरहेको हुन्छ । यो हत्या सही वा गलत भन्ने प्रश्न सिनेमाले गर्छ । जसले नेपालको कानुन बदल्न जरुरी रहेको सचेतना दिनपनि सिनेमा बनाएको निर्देशक राईको दाबी छ ।

निर्माण टिमका अनुसार सिनेमामा शिल्पाले पत्रकार, गौरव पहारीले अपराध अनुसन्धान गर्ने प्रहरी र नाजिर हुसेनले एक संस्था सञ्चालकको भुमिका निवार्ह गरेका छन् । यो सिनेमामा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीले पनि अभिनय गरेका छन् ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । यो सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।