२७ वर्षपछि ‘बोर्डर २’ बन्दै, मुख्य भुमिकामा सन्नी देवल

२७ वर्षपछि ‘बोर्डर २’ बन्दै, मुख्य भुमिकामा सन्नी देवल

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – २७ वर्ष अघि निर्माण भएको बलिउडको सुपरहिट सिनेमा ‘बोर्डर’को सिक्वेल निर्माण हुने भएको छ । बिहीबार अर्थात् आज जुन १३ तारिखका दिन सिनेमा निर्माणको २७ वर्ष पुगेको अवसरमा ‘बोर्डर २’को निर्माण घोषणा गरिएको हो ।

यो सिनेमामा पनि बलिउड अभिनेता सन्नी देवलको नै मुख्य भुमिका रहनेछ । सिनेमामा सन्नीका अलवा अन्य कलाकार को-को रहने छन् भन्ने जानकारी निर्माण कम्पनिले दिएको छैन् । तर, बलिउड मिडियाका समाचारलाई सत्य मान्ने हो भने सिनेमामा सन्नीका अलवा आयुष्मान खुरानाको पनि मुख्य भुमिका रहनेछ ।

बिहीबार निर्माण टिमले एक टिजर भिडियोमार्फत सिनेमाको निर्माण घोषणा गरेको हो । टिजरमा ‘बोर्डर २’लाई भारतको सबैभन्दा ठूलो वार सिनेमा समेत भनिएको छ । गत वर्ष आएको सिनेमा ‘गदर २’ बक्सअफिसमा ब्लकबस्टर भएसँगै ‘बोर्डर २’ निर्माण हुने चर्चा चुलिएको थियो । यो सिनेमाले भारतमा मात्र ५ सय करोड कमाएको थियो ।

जेपी दत्तको निर्देशन रहेको सिनेमा ‘बोर्डर’ १३ जुन १९९७ मा प्रदर्शन भएको थियो । यो सिनेमामा सन्नीका अलवा ज्याकी श्राफ, सुनील शेट्टी, अक्षय खन्ना लगायतका कलाकारको अभिनय रहेको थियो । यो सिनेमाको निर्देशन भने अनुराग सिंहले गर्नेछन् ।

टिसिरिज र जेपी फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा भुषण कुमार, कृष्ण कुमार, जेपी दत्त र निधि दत्तको लगानी रहनेछ । सिनेमा अर्को वर्ष प्रदर्शनमा आउने छ ।