चार करोड लगानीको ‘बाटोः रोड टु डेथ’ आजबाट प्रदर्शन

चार करोड लगानीको ‘बाटोः रोड टु डेथ’ आजबाट प्रदर्शन

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । मदन थापा निर्देशित थ्रिलर सिनेमा ‘बाटोः रोड टु डेथ’ आजबाट प्रदर्शनमा आएको छ ।

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको सिनेमामा लेखन र सम्पादन पनि निर्देशक स्वयंको छ ।

नेपाली सिनेमाको गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास आफूले गरेको निर्देशक थापाले बताएका छन् ।

निर्देशक थापाका अनुसार चलचित्रमा एक दिनको यात्रामा घट्ने घटनाको कथा छ । काठमाडौंबाट धरानसम्म यात्रा गर्दा घट्ने घटना चलचित्रमा समेटिएको छ ।

एक्सन, थ्रिल, सस्पेन्सलगायत, इमोसन सबै पक्ष चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ ।

नेपाली दर्शकले नेपाली सिनेमामा साउथ इन्डियन थ्रिलर सिनेमाको अनुभूति गर्ने निर्देशक मदन थापाले बताएका छन् ।

चार करोड लगानी रहेको भनियको सिनेमाको अधिकांश छायांकन गाइघाटमा भएको हो ।

सिनेमामा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।