‘तेल भिसा’को अमेरिका छायांकन सकेर नेपाल फर्के विपिन, बाँकी छायांकन चितवनमा गरिने

‘तेल भिसा’को अमेरिका छायांकन सकेर नेपाल फर्के विपिन, बाँकी छायांकन चितवनमा गरिने

द सिनेमा टाइम्स
294
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘तेल भिसा’को पहिलो चरणको छायांकन अमेरिकामा सकिएको छ । शुक्रबार सिनेमाका मुख्य अभिनेता विपिन कार्की अमेरिकामा सिनेमाको ७० प्रतिशत छायांकन सकेर नेपाल फर्केका छन् ।

यही हप्ता सिनेमाको बाँकी टिम नेपाल फर्किने तयारीमा रहेको निर्देशक घिमिरेले बताए । सिनेमाको बाँकी ३० प्रतिशत छायांकन नेपालको चितवन जिल्लामा गरिनेछ । चितवनमा भव्य सेट लगाएर सिनेमाको छायांकन गरिनेछ । असारको पहिलो हप्ताबाट सिनेमाको नेपाल पार्टको छायांकन गरिने निर्देशक घिमिरे बताउँछन् ।

सिनेमामा अभिनेता विपिन कार्कीले दोहोरो भुमिका अभिनय गरेका छन् । अभिनेत्री वर्षा राउतसँग सिनेमामा उनको जोडी बाँधिएको छ । सिनेमामा विविन र वर्षाका अलवा बुद्धि तामाङ र ऋचा घिमिरेको पनि मुख्य भुमिका रहेको छ । ऋचाले लामो समयपछि यही सिनेमा मार्फत् अभिनयमा कमव्याक गरेकी हुन् । सिनेमामा अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारको समेत अभिनय रहेको छ ।

वेलडन क्रियसन र सेभेन सिज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा विनोद पौडेल, अदिती खरेल र रमेश चौलागाईंको लगानी छ । अभिनेत्री ऋचा घिमिरे कार्यकारी निर्माता रहेको सिनेमालाई सुशन प्रजापतिले खिचेका हुन् । सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ ।