तिहारमा अजय देवगणको ‘सिंघम अगेन’ रिलिज घोषणा

तिहारमा अजय देवगणको ‘सिंघम अगेन’ रिलिज घोषणा

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यो वर्षको प्रतिक्षित बलिउड सिनेमा ‘सिंघम अगेन’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि १५ अगष्टमा प्रदर्शनको तयारीमा रहेको सिनेमा अब दिवाली अर्थात् तिहारको अवसरमा रिलिज हुने भएको हो ।

बलिउड अभिनेता अजय देवगणले ‘सिंघम अगेन’को प्रदर्शन मिति घोषणा गरेका हुन् । उनी अभिनित सिनेमा ‘अरों मे कहाँ दम था’को ट्रेलर रिलिज कार्यक्रममा ‘सिंघम अगेन’ नयाँ मिति घोषणा गरेका हुन् । अजयले सिनेमाको पोस्टर सेयर गर्दै तिहारमा रिलिज हुने जानकारी दिएका थिए ।

‘सिंघम’ र ‘सिंघम रिटन्र्स’पछि निर्देशक रोहित शेट्टीको यो सिनेमा ‘सिंघम अगेन’ कप युनिभर्सको पाँचौं र ‘सिंघम’ फ्रेन्चाइजको तेस्रो सिनेमा हो । यो सिनेमामा अजय फेरि एकपटक ‘बाजीराव सिंघम’को भूमिकामा देखिएका छन् । सिनेमामा दीपिका पादुकोण पहिलो लेडी-कपको भूमिकामा देखिनेछिन् ।

सिनेमामा करिना कपुर खान, अक्षय कुमार, रणवीर सिंह, टाइगर श्राफ, अर्जुन कपुर र ज्याकी श्राफको पनि अभिनय रहेको छ । यही मितिमा कार्तिक आर्यको मुख्य भुमिका रहेको सिनेमा भुलभुलैया ३ पनि रिलिज हुँदैछ ।