राजु गिरी निर्देशित ‘ईश्वर’को ट्रेलर सार्वजनिक

राजु गिरी निर्देशित ‘ईश्वर’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । एक जोडी युवायुवतीले आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय प्रेमकथालाई उठान गरेको बुझ्न सकिन्छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा हरिबहादुर थापाको निर्माण छ । सिनेमामा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । सिनेमामा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको सिनेमाबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी छन् । उनको पछिल्लो प्रदर्शनमा आएको सिनेमा ‘पसिना’ हो । सिनेमामा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ ।

सिनेमामा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको वितरणको आरआर फिल्मसले गर्दैछ । सिनेमा साउन ११ मा रिलिज हुँदैछ ।