सिनेमाघर एपमा रिलिज भयो ‘पशुपति प्रसाद २ : भष्मे डन’

सिनेमाघर एपमा रिलिज भयो ‘पशुपति प्रसाद २ : भष्मे डन’

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ ओटिटिमा रिलिज भएको छ । यो सिनेमा शनिवार सिनेमाघर एपमा रिलिज भएको हो ।

दीपेन्द्र के खनालको निर्देशन निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिएका छन् ।

टुकी आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत सिनेमामा रहेको छ । हलमा यो सिनेमा गत दशैंको फूलपातीमा रिलिज भएको थियो । यसको सफलतासँगै ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा पनि गरिएको थियो ।