‘कङ्गारु’को मुख्य अभिनेतामा जितु नेपाल अनुबन्धित

‘कङ्गारु’को मुख्य अभिनेतामा जितु नेपाल अनुबन्धित

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कङ्गारु’को मुख्य अभिनेतामा जितु नेपाल अनुबन्धित भएका छन् । शुक्रबार सिनेमाको निर्माण कम्पनिले जितुसँग सिनेमामा काम गर्ने लिखित रुपमा कागजी सम्झौता गरेको हो ।

यो सिनेमामा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिव गुरुङको प्रस्तुतिमा निर्माण हुने सिनेमामा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको उनले बताएका छन् । ‘सिनेमा ‘ज्वाइँ साब’को सेटमै आएर स्ताक्षर गराउनु भयो, यो अवसरका लागी निर्देशक सम्राट बस्नेत तथा निर्माण नियन्त्रक दिलीप पन्त जी लगायत सम्पूर्ण टिम प्रति आभारी छु’, उनले भने ।

यसअघि ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो सिनेमालाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । हाल अष्ट्रेलीयामा सिनेमा छायांकन लागि लोकेशन खोजी रहेका निर्देशक बस्नेतले यही हप्तामा अभिनेत्री अनुबन्धित गरेसँगै छायांकनमा जाने तयारी रहेको बताए । सिनेमाको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका क्षेत्रमा गरिने छ ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा सिनेमा निर्माण हुने छ । सिनेमामा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माता हुन् । अन्जन दुरा र लक्ष्मी राई सहनिर्माता तथा कार्यकारी निर्माता टीका भण्डारी छन् । सिनेमाको लाइन प्रोड्यूसरमा सविन ज्ञावली (अष्ट्रेलिया) र लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ ।

सीमा गुरुङको कथा रहेको सिनेमालाई सुशन प्रजापतिले खिच्नेछन् । सिनेमाका प्रोडक्सन डिजाइनर दिलीप पन्त हुन् ।