कुवेर सिने डिष्ट्रीव्युसनले किन्यो ‘इश्क विश्क रिवाउण्ड’ नेपाल प्रदर्शन अधिकार

कुवेर सिने डिष्ट्रीव्युसनले किन्यो ‘इश्क विश्क रिवाउण्ड’ नेपाल प्रदर्शन अधिकार

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहिद कपुरको डेव्यु सिनेमा ‘इश्क विश्क’को सिक्वेलको नेपाल रिलिज कर्न्फम भएको छ । यो सिनेमामा पनि शाहिद बिशेष भुमिकामा देखिने चर्चा बलिउड मिडियामा छ । तर, यस बिषयमा निर्माण टिमले केही पनि जानकारी दिएको छैन् ।

टिप्स अफिसियलको ब्यानरमा निर्माण भएको सिनेमालाई कमेडी ड्रामा जनरामा निर्माण गरिएको छ । ‘इश्क विश्क रिवाउण्ड’लाई निपुन धर्माधिकारीले निर्देशन गरेका हुन् । यो सिनेमाबाट पनि धेरै नयाँ कलाकार रोहित सरार्फ, नैला ग्रेवाल, जिव्ररान खान, पश्मिना रोशन आशिष सिंह लगायतले डेव्यु गरेका छन् ।

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक गीत तथा ट्रेलरका कारण चर्चामा छ । साथै २१ वर्ष अगाडी निर्माण भएको सुपरहिट सिनेमाको सिक्वेल अनि शाहिदको केमियो रहने चर्चाले पनि सिनेमाको हाइप रहेको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

सिनेमाको नेपाल प्रदर्शन अधिकार कुवेर सिने डिष्ट्रीव्युसन प्रालीले खरिद गरेको छ ।