कहिले रिलिज होला बहुप्रतिक्षि दक्षिण भारतीय सिनेमा ‘पुष्पा २’ ?

कहिले रिलिज होला बहुप्रतिक्षि दक्षिण भारतीय सिनेमा ‘पुष्पा २’ ?

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बहुप्रतिक्षित दक्षिण भारतीय सिनेमा ‘पुष्पा २ : द रुल’ अगस्ट १५ बाट पोस्टपोण्ड भैसकेको छ । अब यो सिनेमाका कहिले रिलिज हुन्छ, भन्ने जानकारी निर्माण टिमले दिएको छैन् ।

यतिसम्म कि सिनेमा पोस्टपोण्ड भएको खबरसम्म निर्माण टिमले सार्वजनिक गरेको छैन् । तर, सिनेमाका वितरकले सिनेमाको रिलिज पोस्टपोण्ड भएको खवर मिडियामा सार्वजनिक गरिसकेका छन् । यसैबीच बलिउड मिडिया जागरणले सिनेमाको नयाँ प्रदर्शन मितिको बिषयमा समाचार छापेको छ ।

बलिउड मिडिया जागरणले सिनेमाका निर्देशक सुकुमार अझै सिनेमाको छायांकन गरिरहेकाले सिनेमाको रिलिज पोस्टपोण्ड भएको जानकारी दिएको छ । निर्माण टिमले सिनेमाको अझै करिब ५० देखि ६० दिनको छायांकन तालिका निकालेर सुटिङ गरिरहेको छ । सिनेमाका करिब ४० प्रतिशत दृश्य पुन छायांकन गर्नु परेका कारण रिलिज सार्नु परेको उल्लेख छ ।

सिनेमाको छायांकन जुलाई अन्तिमसम्म सकिने र अगष्ट १५ सम्ममा पोस्ट प्रोडक्सनको काम नसकिने भएपछि सिनेमाको रिलिज पोस्टपोण्ड गरिएको छ । बलिउड मिडियाका अनुसार अहिले निर्माण टिमले तीन वटा प्रदर्शन मितिलाई टार्गेट गरेको छ । पहिलो मिति अक्टोवर १०, दोस्रो १७ डिसेम्बर अनि तेस्रो जनवरी १० तारिखलाई टार्गेट गरेको हो ।

यी मध्ये निर्माण टिमले सवैभन्दा उपयुक्त मितिका रुपमा यो सिनेमाको पहिलो पार्ट रिलिज भएको १७ डिसेम्बरलाई हेरिरहेको छ । तर, यो मितिमा आमिर खानको सिनेमा ‘सितारे जमिन पर’ रिलिज हुने भएकाले पोष्ट प्रोडक्सनको काम चाँडै सकिएको खण्डमा १० अक्टोवर र समय लागेको अवस्थामा १० जनवरीलाई अप्सनमा राखेको समाचार बलिउड मिडियाले छापेका छन् ।

मैत्री मूभिज मेकरको व्यानरमा निर्माण भएको सिनेमामा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल र रमेश राव जस्ता कलाकारको अभिनय रहेको छ । यो सिनेमाको हिंन्दी वितरण अधिकार अनिल थडानीको एए फिल्मस्ले किनेको छ ।