किन‘बाटो’मा हिरो होइन भिलेन बन्न चाहन्थे उत्पल

किन‘बाटो’मा हिरो होइन भिलेन बन्न चाहन्थे उत्पल

द सिनेमा टाइम्स
364
Shares

सिनेमा टाइम्स, काठमाडौं ।आफ्नो डेब्यू सिनेमाबाटोरोड टु डेथबाट प्राप्त प्रतिक्रियाले आफू खुशी भएको प्रतिक्रिया अभिनेताउत्पल झाले दिएका छन्।सोमबार सिनेमाको प्रतिक्रिया लिन आइएनआइ नयाँ वानेश्वर पुगेका अभिनेता झाले एकदमै राम्रो प्रतिक्रियापाइरहेको बताए।

एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु। प्रचारमा हामी  चुकेको हुनाले धेरैसम्म पुगेको छैन तर जत्तिमान्छेले हेरिराख्नु भएको ‘, उनलेभने, ‘हलहलमा पुग्दा उहाँहरुले एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ। सबैले पार्ट कहिले आउँछ भनेर भनिरहनुभएको छ।

सिनेमामा उनलेमन्जिलनामक पात्रको भूमिकामा काम गरेका छन्। उनले डेब्यू सिनेमाबाट आफूले सोचेअनुसारको प्रतिक्रिया पाएकोबताए। रंगमञ्चमा लामोदेखि सक्रिय झाले आफू रंगमञ्चमा व्यस्त भइरहदा आफूलाई सिनेमामा पनि आउनुपर्छ भन्ने लागेको भएपनियही सिनेमाबाट डेब्यू होला भने आफूलाई नलागेको बताए।

वास्तवमा एकदमै राम्रो भो, मैले आशा पनि गरेको थिएन। थिएटरहरुमा बिजी थिएँ, मैले सिनेमा पनि गर्नुपर्छ भन्ने थाहा थियो तरयसरी आउँछ भनेर थाहा थिएन। अचानक भयो अनि जे भयो एकदमै राम्रो भयो भन्छु ‘, उनले भने।

रोड थ्रिलर यो सिनेमाको जनरा नेपाली सिनेमाका लागि नौलो हो। प्रिमियरमा सिनेमाको प्राविधिक पाटोमा सबैभन्दा बढि प्रशंसाबटुलेको थियो। चार सेड्यूलमा निर्माण भएको यो सिनेमाको दोश्रो सेड्यूलमा उनी डेङ्गीबाट समेत पीडित बने। त्यसका बाबजुत पनिउनले सिनेमाको सुटिङ जारी राखे।

दोश्रो सेड्यूलमा डेङ्गी पनि लाग्यो, पूरा ढलेर प्लेटिलेट्स काउन्ट सबै गएर , त्यस्तो हुँदा पनि हामीले सुटिङ गर्‍यौं। ‘, उनले भने, ‘अरुपनि कति किसिमका अफ्ठ्याराहरुएक्सिडेन्टहरु हुँदाका कुरा यो फिल्म बनेको देख्दा ती सबै दुःखले न्याय पाएका छन्।

सिनेमामा सुरुमा उनी कास्टिङ डाइरेक्टरका रुपमा अनुबन्धित भएका थिए। यसक्रममा उनलाई सिनेमाको प्रमुख खलचरित्रको भूमिकामाउनी विशेष आकर्षित भए। त्यो खलपात्रको चरित्र भव्यताले उनी सो भूमिकामा लोभिएका थिए तर उनले आफ्नो कास्टिङ निर्देशककोधर्म छाडेनन् सो भूमिकामा विजय ताम्राकारलाई कास्ट गरे।

पछि निर्देशकनिर्माताले एउटा भूमिका तपाईंले गर्नुपर्छ भनेपछि उनलेमन्जिलको भूमिकामा आफूलाई लक गराए।

यतिबेला उनले यो भूमिकामा उनले गरेको प्रदर्शनका लागि सिनेमा हेरेका जत्तिबाट तारिफ पाइरहेका छन्।

मेरो अभिनय, बोली एक्सप्रेसनको तारिफ गर्नुभएको छ।

यस्तै सिक्वललाई लिएर आशावादी रहेका उनले त्यसको सटिक जवाफ निर्माता निर्देशकले दिन सक्ने बताए।

उनले भने,’सिनेमा हेर्नुहुने दर्शकले सिक्वल कहिले आउँछ भनेर प्रश्न गरिरहनुभएको छ। निर्माता निर्देशकले भन्न सक्नुहुन्छ, त्यो कुरा।यसको जति सफलता हुन्छ, जत्ति पब्लिकमा पुग्छ हामी त्यति नै चाडो ल्याउने कोशिश गर्छौं।

डेब्यू सिनेमाबाट दंगदास उत्पल यतिबेला आफ्नो दोश्रो सिनेमाको तयारी गरिरहेका छन्। पुणेन्द्रु झाको निर्देशण रहने सिनेमामा उनीप्रमुख भूमिकामा देखिदैंछन्। सिनेमाको वर्कसप असारको दोश्रो साताबाट सुरु हुने त्यो सकिएपछि फ्लोरमा जाने जानकारी उनले दिए।

बाटोसिनेमाकै कारण निर्देशक झाले आफूलाई विश्वास गरेको उनी बताउँछन्। उनको यो सिनेमा नेपाली, भोजपुरी तथा मैथली गरीतीन भाषामा रिलिज हुनेछ। केही समय अगाडि सिनेमाले आफ्नो तीन भाषाको टिजर सार्वजनिक  गर्दै निर्माण घोषणा गरेको थियो।