सतीदेवी’को मार्मिक गीत ‘लैजा दैब फिर्ता लैजा’ रिलिज

सतीदेवी’को मार्मिक गीत ‘लैजा दैब फिर्ता लैजा’ रिलिज

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स,काठमाडौं साउन ४ गते रिलिज हुने ‘सतीदेवी’को नयाँ गीत रिलिज भएको छ । सिनेमाको ‘लैजा दैब फिर्ता लैजा’ बोलको मार्मिक गीत रिलिज भएको छ । गीतमा छोरी भएका कारण समाज र घरलाई भार भएको अभिनेत्री मलिका महत अभिनित पात्रको मनोदशालाई गीतले प्रस्तुत गर्दछ ।

सिनेमाका निर्देशक लक्ष्मण सुवेदी हुन् । सुभास भुसालको संगीतमा तयार भएको गीतको शब्द निर्देशक सुवेदीले नै लेखेका हुन् । गीतमा ममता गुरुङको स्वर रहेको छ ।

सिनेमामा मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । सिनेमाले प्रदर्शन नहुँदै केही फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड जितिसकेको छ ।