‘जेरी:अन टप’- अनमोलको फर्स्ट लुक सार्वजनिक

‘जेरी:अन टप’- अनमोलको फर्स्ट लुक सार्वजनिक

द सिनेमा टाइम्स
490
Shares

काठमाडौं । सिनेमा ‘जेरीः अन टप’का मुख्य कलाकार अनमोल केसीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले अनमोलको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।

फर्ष्ट लुकमा अनमोललाई खैरो जिन्सको ज्याकेट र पाइन्टका साथै पिंक कलरको टिसर्टमा देख्न सकिन्छ ।

यो ड्रसअपले अनमोलले सिनेमामा टिनेजरको भूमिका निर्वाह गर्नसक्ने संकेत गरेको छ । ड्रेसअपले अनमोल थप सुन्दर र बब्ली देखिएका छन् ।

सुयोग गुरुङको निर्देशन रहने सिनेमामा जसिता गुरुङ र आँचल शर्मा नायिका छन् । सुरुमा यो सिनेमामा आना शर्मा अनुबन्ध भए पनि केही दिन अगाडि मात्रै जसिता अनुबन्ध भएकी हुन् ।
वर्कशप समेत सुरु भइसके सिनेमा ‘जेरीः अन टप’ साउन १ गतेबाट छायांकनमा जाने बताइएको छ ।

सरोज न्यौपानेले निर्माण रहने सिनेमामा दीपक भण्डारीको पनि लगानी रहनेछ । क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी हुन् ।सिनेमाको छायांकन काठमाडौंसँगै मुस्ताङ र लुक्लामा हुनेछ ।