बिहीबारबाट नेपालसहित विश्वभर रिलिज भयो ‘कल्की’

बिहीबारबाट नेपालसहित विश्वभर रिलिज भयो ‘कल्की’

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज बिहीबारबाट दक्षिण भारतीय सिनेमा ‘कल्की २८९८ एडी’ प्रदर्शनमा आएको छ । यो सिनेमा नेपालसहित विश्वभरका सिनेमा हलमा नै आज बिहीबारबाट प्रदर्शनमा आएको हो ।

सिनेमाले समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । भारतसहित विश्वभर नै सिनेमाले राम्रो सुरुवात गरेको छ । यो सिनेमाले अग्रीम टिकट बुकिङमा समेत राम्रो अकुपेन्सी पाएको थियो । सिनेमाले समीक्षबाट समेत राम्रो प्रतिक्रिया पाएपछि राम्रो व्यापार गर्ने अपेक्षा बलिउड मिडियाले गरेका थिए ।

यो सिनेमालाई नेपालमा आरआर फिल्मस्ले वितरण गरेको हो । यसका सञ्चालक रोहित कट्टेल र रत्न श्रेष्ठले नेपालमा पहिलो पटक हिंन्दी सिनेमाको वितरणको सुरुवात गरेका हुन् । यसअघि उनीहरु नेपाली सिनेमाको मात्रै वितरण गर्दै आएका थिए ।

सिनेमाको ट्रेलर दक्षिण भारतीय सुपरस्टार प्रभाष, अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हसनको वरिपरि घुमेको छ । यो सिनेमालाई नाग आश्विनले निर्देशन गरेका हुन् ।