‘भागदौड’को शुभमुहूर्तसँगै छायांकन सुरु, मुख्य भुमिकामा विशाल पोखरेल

‘भागदौड’को शुभमुहूर्तसँगै छायांकन सुरु, मुख्य भुमिकामा विशाल पोखरेल

द सिनेमा टाइम्स
973
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘भागदौड’ नाममा सिनेमा निर्माण हुने भएको छ । विशाल पोखरेलको मुख्य भुमिका रहने सिनेमाको बिहीबार ललितपुरस्थित बुङमतीमा शुभमुहूर्त गर्दै छायांकन समेत सुरु गरिएको हो ।

हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहने सिनेमालाई दिपक बज्राचार्यले छायांकन गरिरहेका छन् । यो हिमालको डेव्यु निर्देशकिय सिनेमा हो । यो सिनेमाले महिला सशक्तिकरणको मुद्दालाई गहन रुपमा अध्धयन सहित उठाएको जानकारी निर्माण टिमले गराएको छ ।

सिनेमामा विशाल पोखरेलका अलवा देशभक्त खनाल, लक्ष्मी गिरी, शेखर चापाँगाई, शंकर महर्जन, घनश्याम जोशी, अनिशा श्रेष्ठ, शारदा राई र सुवास तिमिल्सेनाको अभिनय रहनेछ । सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं आसपासमा गरिनेछ । करिब करोड पचास लाख बजेट अनुमान गरिएको सिनेमाको छायांकन सेड्युल ३५ दिनको राखिएको निर्माण कम्पनिले जनाएको छ ।

सुप्रिम म्युजिक तथा फिल्मस् प्राली र ओडिसी पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता विश्वराम बिष्ट हुन् । डिल कुमारी नेपाल कार्यकारी निर्माता रहेको सिनेमामा प्रविन ढकालको सम्पादन, प्रकाश नेपाली र बसन्त सापकोटाको पाश्र्व संगीत, दिनेश जंग रानाको भिएफएक्स र सिजिआई रहनेछ ।