नयाँ भर्सनमा हिमालको ‘न मैले लेखें, न उनले लेखिन्’

नयाँ भर्सनमा हिमालको ‘न मैले लेखें, न उनले लेखिन्’

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक हिमाल सागरको स्वर र संगीतमा विसं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश गीत ‘न मैले लेखें, न उनले लेखिन्’ लाई नयाँ भर्सनमा तयार गरिएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमका बीच हिमालले अडियो बदलाव सहित म्युजिकल सिनेमा सार्वजनिक गरेका हुन् ।

यो गीतमा मानस केसीको शब्द रहेको छ भने योगेश काजी शाहले एरेञ्ज गरेका हुन् । यही गीतमार्फत स्थापित भएका गायक हिमाल सागरले तात्कालिन समयमा एक लाख पचास हजार भन्दा बढी अडियो क्यासेट बिक्री भएको जानकारी दिए ।

‘कन्सर्टमा म देश होस् वा विदेश सबै भन्दा बढी गीत गाएको छु । यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु । पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौँ, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ’, गायक हिमालले भने ।

सार्वजनिक गीतमा गायक हिमालसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् । सार्वजनिक गीतको भिडियोमा निकेश खड्काको निर्देशन, धीरज जंग शाहको छायांकन, विकास धमलाको सम्पादन रहेको छ । भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित ‘न मैले लेखें, न उनले लेखिन्’ भिडियो नेपाल रिदम रेकडर्सबाट सार्वजनिक गरिएको छ ।