कृषि रियालिटी शो ‘र’को आवेदन खुल्ला, होस्टमा राजेश हमाल

कृषि रियालिटी शो ‘र’को आवेदन खुल्ला, होस्टमा राजेश हमाल

द सिनेमा टाइम्स
525
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालले होस्ट गते टेलिभिजन रियालिटी शो ‘र’को शनिबार राष्ट्रिय धान दिवसको अवसरमा आयोजित एक कार्यक्रमका बीच कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई आधारशिला बनाएका प्रतियोगीका लागि आवेदन खुल्ला गरिएको हो ।

यो शोका निर्माण कम्पनिले तिन तहका सरकार अर्न्तगतका कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी गर्ने सहमति भैसकेको छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमका लागि व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन् । जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्यांकन गर्नेछ ।

यो शोको निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन् । ‘र’ एक बेजोड़ रियालिटी गेम शो हो, जुन कृषि उद्यमशिलतालाई प्रवर्दन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको निर्माण कम्पनिले जानकारी दिएको छ ।

यो कार्यक्रमको उद्देश्य कृषि उधमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्दै किसानलाई सम्मानजनक पहिचान दिने रहेको छ । कृषक र कृषि प्रविधिक यस शो मा प्रतियोगी रहने छन् । कार्यक्रममा दिगो र नविन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिने छ ।

राष्ट्रिय धान दिवसको अवसरमा ललितपुर महानगरपालिका-२१, खोकनाको सहकार्यमा, प्रमुख अतिथि, माननीय पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा, महानायक राजेश हमाल, पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीलगायत व्यक्तित्वहरूको साथमा आवेदन फर्म खुल्ला र रोपाई उत्सव कार्यक्रम सम्पन्न भएको थियो ।

‘समृद्धि को लागी नयाँ दृष्टि’ को नाराको साथ, कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य शृंखलामा आवद्ध व्यक्ति र आम जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ ।