‘कल्की’को ४ दिने बक्सअफिस कलेक्सन कति ?

‘कल्की’को ४ दिने बक्सअफिस कलेक्सन कति ?

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नाग आश्विनको निर्देशनमा निर्माण भएको दक्षिण भारतीय सिनेमा ‘कल्की २८९८ एडी’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । रिलिजको पहिलो दिन नै सिनेमा हलहरुमा दर्शकको भीड लगाएको सिनेमाले हिन्दी बेल्टमा पनि प्रभासले आफ्नो स्टारडम देखाउन सफल भएका छन् ।

यो सिनेमाले पहिलो सप्ताहन्तमै बक्सअफिसमा विश्वव्यापी ५५० करोड भारु कमाइ गरिसकेको छ । सिनेमाले हिन्दी भर्सनमा मात्रै ११२ करोड कमाइ गरेको छ । जसले प्रभासको स्टारडम दक्षिणमा मात्रै होइन, उत्तर भारतमा पनि उत्तिकै रहेको प्रमाणित भएको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

बिहीबार रिलिज भएको ‘कल्की २८९८ एडी’ले २२.५ करोड भारु कमाउँदै सज् २०२४ को धेरै ओपनिङ गर्ने दोस्रो हिन्दी सिनेमा बनेको छ । यसअघि गत जनवरीमा प्रदर्शनमा आएको सिनेमा फाइटरले पहिलो दिन २४ करोड कमाएको थियो । दोस्रो दिन ‘कल्की’ को नेट इन्डिया कलेक्सन कम भयो, तर हिन्दी भर्सन भने बढेर २३ करोड पुग्यो ।

तेस्रो दिन टी-२० विश्वकप क्रिकेटको फाइनल भएतापनि सिनेमाको व्यापारमा गिरावट आउनुको साटो बढ्यो । तेस्रो दिन सिनेमाले हिंन्दीमा मात्रै २६ करोड कलेक्सन गर्न सफल भयो । रिलिजको चौथो दिन आइतबार सिनेमाको हिन्दी भर्सनको कमाइ बढेर ४० करोड पुगेको बलिउड ट्रेड एनालिस्टहरुको रिपोर्टले देखाएको छ ।

‘कल्की’ को हिन्दी भर्सनले चार दिनकै १०० करोडको आँकडा पार गरेको छ । यसले चार दिनमा ११० करोड कमाइ र्गयो । यो साइन्स-फिक्सन सिनेमामा प्रभासका अलवा अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसन, दिशा पटानी, विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, दुल्कर सलमान लगायतका कलाकारको अभिनयर रहेको छ ।