२३ वर्षपछि बोर्डले पायो लोगो

२३ वर्षपछि बोर्डले पायो लोगो

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं । स्थापना भएको २३ वर्षपछि चलचित्र विकास बोर्डको लोगो निर्माण गरिएको छ । आइतबार बोर्डको २४औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन् ।

लोगो निर्माणका परिकल्पनाकार तथा नारा, लोगो तथा धुन निर्मांण तथा छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगको डिजाइन ललितकलाका प्रोफेसर एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका हुन् ।

लोगोमा नेपाली सिनेमाको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई व्यक्त गरिएको छ ।

लोगोसंगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको सान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ ।

चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो । यस अघिसम्म बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्ने गरेको थियो ।