साउन ४ बाट ‘सतीदेवी’को रिलिज पोष्टपोण्ड, अब भदौ ७ मा

साउन ४ बाट ‘सतीदेवी’को रिलिज पोष्टपोण्ड, अब भदौ ७ मा

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री मलिका महतको मुख्य भुमिका रहेको सिनेमा ‘सतीदेवी’को रिलिज पोष्टपोण्ड भएको छ । यसअघि साउन ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा अब भदौ ७ गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुनेछ ।

सोमबार एक पोस्टर र विज्ञप्ती सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन परिवर्तन गरिएको जानकारी निर्माण कम्पनिले दिएको छ । यो रंगपत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको तेस्रो सिनेमा हो । सिनेमाले विभिन्न महोत्सवमा पुगेर उत्कृष्ट सिनेमाको पुरस्कार समेत जितिसकेको छ ।

निर्माण कम्पनी दिलासा क्रिएशनले सोमबार विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले सिनेमाको प्रदर्शन मिति हेरफेर गरिएको जानकारी दिएको छ । सिनेमामा मालिकाका अलवा हर्षिका वली, मन्जिला बाँनियाँ, सृजना अधिकारी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, भोलाराज सापकोटा, सन्देश लिम्बू आदिको अभिनय रहेको छ ।

दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण सतीदेवी निर्माण भएको हो । विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेको सिनेमाले वंश धान्नका लागि छोरा चाहिन्छ भन्ने पितृसतात्मक सोचलाई प्रश्न गरेको यसअघि सार्वजनिक प्रचार सामाग्रीबाट बुझ्न सकिन्छ ।

यो सिनेमा निर्देशक सुवेदी स्वयंको स्क्रिप्ट लेखन तथा निर्माण छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सिनेमाको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ ।