आँचल र विवेकको ‘वर एण्ड वधु’ रिलिज भदौ १४ बाट

आँचल र विवेकको ‘वर एण्ड वधु’ रिलिज भदौ १४ बाट

मिलन चाम्सको निर्देशनमा तयार भएको सिनेमा भदौको १४ गतेबाट देशभरका हलमा रिलिज गर्ने पक्का गरिएको हो ।

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘वर एण्ड वधु’को रिलिज मिति पक्का गरिएको छ । निर्माणपक्षले वितरकसँग सल्लाह गरेर सिनेमाको प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो सिनेमा भदौको १४ गतेबाट देशभरका हलमा रिलिज गर्ने पक्का गरिएको हो । सिनेमामा नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ ।

सिनेमामा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

सिनेमामा जानुका थापाको लगानी छ भने अमित रिजाल  कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्शनको ब्यारनमा बनेको सिनेमामा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ ।

‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर यो सिनेमाा रिलिज गर्न लागिएको हो । सिनेमाको छायांकन नेपाल र रोमानियामा गरिएको हो ।