घनश्यामको निर्देशनमा ‘तै चुप मै चुप’ निर्माण घोषणा

घनश्यामको निर्देशनमा ‘तै चुप मै चुप’ निर्माण घोषणा

द सिनेमा टाइम्स
1.6k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – घनश्याम लामिछानेको निर्देशनमा पोलिटिकल कमेडी सिनेमा ‘तै चुप मै चुप’को निर्माण घोषणा गरिएको छ । सिनेमाका कलाकार एंवम् निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर यो सिनेमाको घोषणा गरिएको हो ।

सन्तोष अधिकारी फिल्मस्को व्यानर एंवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्य रहने सिनेमाको स्कृप्ट मनिष गौतमले लेखिरहेका छन् । सिनेमाको काठमाडौं र पोखरामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । हाल सिनेमाका लागी कलाकार र गीत संगीत छनोटको काम भइरहेको छ ।

सस्पेन्स कथा रहेको यो सिनेमामा समसामयिक राजनीतिक घटनाक्रमलाई कमेडी ढंगले प्रस्तुत गरिने निर्देशक घनश्याम लामिछानेले बताए । यसअघि यही टिमले चित्रा निर्माण र प्रदर्शन गरिसकेको छ । यो सिनेमामा अभिनेता सन्तोष अधिकारीको अभिनयले तारिफ पाएको थियो ।

सिनेमामा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ । सिनेमाको सम्पूर्ण मार्केटिङ्ग र ब्रान्डिङ्ग आईडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्नेछन् । सिनेमा ‘तै चुप मै चुप’ आगामी वर्ष भित्र प्रदर्शन गरिने छ ।