‘आउट ल : दफा २१९’मा आर्मीको भुमिकामा छन् सुशिल श्रेष्ठ ?

‘आउट ल : दफा २१९’मा आर्मीको भुमिकामा छन् सुशिल श्रेष्ठ ?

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सुशिल श्रेष्ठ अहिले असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आउट ल : दफा २१९’का करण चर्चामा छन् । सिनेमाका सार्वजनिक पोस्टरले दर्शकमाझ राम्रो चर्चा बटुली रहेका छन् ।

यो सिनेमा सुशील करिब ५ वर्षपछिको कमब्याक गर्दैछन् । उनी पछिल्लो पटक ‘बादशाह जुट’मा देखिएका थिए । उनको करिअरकै लागि महत्त्वपूर्ण मानिएको ‘आउट ल’ संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनमा आउँदै छ । यो सिनेमामा उनी एक्सन अवतारमा देखिन लागेका छन् ।

निर्माण टिमले बिहीबार सार्वजनिक गरेका तस्वीर सुशीलको भूमिकाबारेमा संकेत छ । जसमा उनी आर्मीको हेलिकप्टरमा देखिएका छन् । उनको साथमा आर्मीका जवानहरु पनि छन् । यसको मतलब सिनेमामा सुशील आर्मीको भूमिकामा हुनसक्छन् । प्राप्त जानकारी अनुसार, त्रिभुवन विमानस्थलस्थित नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामा सिनेमाको छायांकन गरिएको थियो ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा सुशीलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ । अमित अग्रहरीको निर्माण रहेको सिनेमाको कार्यकारी निर्मातामा विनोद कडायत र सशांक खड्का तथा विकास चौधरी सह-निर्माता हुन् । नविन गुरुङको डीओपी रहेको सिनेमामा ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ ।