‘क्यानडा नेपाल माउन्टेन सिनेमा फेस्टिवल’मा प्रदीप र मिरुना उत्कृष्ट अभिनेता-अभिनेत्री

‘क्यानडा नेपाल माउन्टेन सिनेमा फेस्टिवल’मा प्रदीप र मिरुना उत्कृष्ट अभिनेता-अभिनेत्री

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन सिनेमा फेस्टिवल २०२४’मा अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता-अभिनेत्री अवार्ड उचालेका छन् । ‘प्रेम गीत ३’बाट प्रदीप उत्कृष्ट अभिनेता र ‘जारी’बाट मिरुना उत्कृष्ट अभिनेत्री बनेकी हुन् ।

नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा सिटी सिनेमा कोशी प्रदेश विराटनगरमा बुधबार साँझ सम्पन्न फेष्टिवलमा बेष्ट निर्देशक फिचर सिनेमा सन्तोष सेन र स्वर्गिय छेतन गुरुङ, बेष्ट माउन्टेन सिनेमा ‘प्रेम गीत ३’, बेष्ट टुरिजम सिनेमा ‘मन्त्र’, बेष्ट जुरी अवार्ड ‘बिच्छेद’, बेष्ट कल्चर सिनेमा ‘जारी’, सर्बाेत्कृष्ट अन्तराष्ट्रिय सिनेमा क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर सिनेमा नेपालको अवार्ड ‘बुलाकी’ले उचाल्यो ।

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधानलगायतले विजेतालाई अवार्ड प्रदान गरे ।

बन तथा बाताबरण मन्त्री नारायण मगरले उद्घाटन गरेको दुई दिने फेष्टिवलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेश गरि ५ देशबाट जम्मा ४३ सिनेमा प्राप्त थिए । फिचर, डकुमेन्ट्री, सर्ट मुभी गरी ५ देशका २४ सिनेमा महोत्सवमा सहभागी थिए ।

पर्यटन, कल्चर, माउण्टेन र पर्यावरणसँग सम्वन्धित विषयवस्तु समेटिएका सिनेमाहरु मात्र फेस्टिवलमा सहभागी गराइएको फेष्टिभवलका अध्यक्ष जनकदीप पराजुलीले बताए ।