‘कल्की’को पहिलो हप्ताको कलेक्सन सात सय करोड ?

‘कल्की’को पहिलो हप्ताको कलेक्सन सात सय करोड ?

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘कल्की २८९८ एडी’ यो वर्षको सवैभन्दा धेरै बक्सअफिस कलेक्सन गर्ने सिनेमा बनेको छ । आजबाट दोस्रो सातामा प्रवेश गरेको सिनेमाले पहिलो हप्ताको ७ दिनमा विश्वभरबाट ७०० करोड ग्रसकलेक्सन गर्न सफल भएको छ ।

यो सिनेमाले हिंन्दीमा मात्रै ७ दिनमा १५३ करोड नेट कलेक्सन गर्न सफल भएको बलिउड मिडियाले उल्लेख गरेका छन् । योसँगै ‘कल्ली’ यो वर्षको सवैभन्दा धेरै कमाइ गर्ने हिंन्दी सिनेमाको चौथो स्थानमा उक्लेको छ । यो वर्ष सवैभन्दा बढि कमाउने सिनेमाको पहिलो नम्बरमा ऋतिक रोशनको ‘फाइटर’ रहेको छ । यो सिनेमाले बक्सअफिसमा ३३७ करोड भारु कलेक्सन गरेको थियो ।

यो सिनेमा रिलिज भएसँगै सवैभन्दा बढि चर्चा बलिउड अभिनेता अमिताभ बच्चनको भैरहेको छ । ८१ वर्षको उमेरमा पनि यो लेवलको काम गरेको भन्दै उनको तारिफ भैरहेको छ । केही कलाकारले अमिताभको विरोध समेत गरिरहेका छन् । ‘कल्की’ले हिंन्दु ग्रथलाई तोडमतोड गरेर निर्माण गरिएको सिनेमामा काम गरेका भन्दै उनको विरोध गरिरहेका छन् ।

वैजयन्ती मुभिजको व्यानरमा निर्माण भएको यो साइन्स-फिक्सन सिनेमामा प्रभासका अलवा अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसन, दिशा पटानी, विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, दुल्कर सलमान लगायतका कलाकारको अभिनयर रहेको छ ।