यशराज फिल्मस्को ‘अल्फा’मा सुपर एजेन्ट बन्दै आलिया र सरवरी

यशराज फिल्मस्को ‘अल्फा’मा सुपर एजेन्ट बन्दै आलिया र सरवरी

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्टको मुख्य भुमिका रहने सिनेमा ‘अल्फा’को निर्माण घोषणा गरिएको छ । यशराज फिल्मस्को व्यानरमा निर्माण हुने स्पाई युनिभर्सको सिनेमालाई फिमेल स्पाईको भुमिकामा आलियाले नेतृत्व गर्ने भएकी हुन् ।

यो सिनेमामा अर्की अभिनेत्री सरवरी वाघको पनि मुख्य भुमिका रहने छ । सरवरीलाई यशराज फिल्मस्ले नै बलिउडमा डेव्यु गराएको थियो । यी दुवै अभिनेत्रीले स्पाई युनिभर्समा सुपर एजेन्टको भुमिका देखिने बलिउड मिडियाले उल्लेख गरेका छन् । सिनेमाका निर्माण आदित्य चोपडाले सिनेमाको निर्माण घोषणा गर्दै यी दुई अभिनेत्रीलाई ‘अल्फा लर्ल्स’को रुपमा चिनाएका छन् ।

शिव रावलको निर्देशनमा निर्माण हुने सिनेमाको शिर्षक घोषणासँगै छायांकन समेत सुरु भएको जानाकरी यशराज फिल्मस्ले गराएको छ । यसअघि उनले यशराज फिल्मस्को व्यानरमा नै निर्माण भएको सिरिज ‘द रेल्वे म्यान’को निर्देशन गरेका थिए । यो वाईआरएफ स्पाई युनिभर्सको ७ औं सिनेमा हो ।

यसअभि वाईआरएफ स्पाई युनिभर्स अन्र्तगत ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’, ‘वार’, ‘पठान’, ‘टाइगर ३’ निर्माण भएर प्रदर्शएन भैसकेका छन् । यस्तै, ऋतिक रोशन र जुनियर एनटीआरको मुख्य भुमिका रहने सिनेमा ‘वार २’ छायांकनरत छ ।

वाईआरएफको ७ औं स्पाई युनिभर्स यो सिनेमाले समाजमा व्याप्त पुरुषलाई मात्र अल्फाको रुपमा चिन्ने गरेकाले त्यो अफवाहलाई तोड्न पनि अल्फामा महिला सुपर एजेन्ट राखिएको बलिउड मिडियाले जनाएका छन् ।