‘बेहुली फ्रम मेघौली’को प्रदर्शन मिति घोषणा गर्दै प्रमोसनल गीत रिलिज

‘बेहुली फ्रम मेघौली’को प्रदर्शन मिति घोषणा गर्दै प्रमोसनल गीत रिलिज

सिनेमाको प्रमोसनल गीतमा अभिनेता प्रदीप खड्का, नाजिर हुसेन, धिरज मगर तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, बेनिशा हमाल, शिल्पा मास्केका अलवा निर्देशक दीपाश्री निरौला फिचर्ड छन् ।

द सिनेमा टाइम्स
945
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको प्रमोसनल गीतसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यसअघि दशैंको कुन दिनमा रिलिज हुने कर्न्फम नभएको सिनेमा अब असोज १७ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने पक्का भएको हो ।

सिनेमाको प्रमोसनल गीतमा अभिनेता प्रदीप खड्का, नाजिर हुसेन, धिरज मगर तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, बेनिशा हमाल, शिल्पा मास्केका अलवा निर्देशक दीपाश्री निरौला फिचर्ड छन् । उनीहरुका अलवा सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल, लोकेन्द्र लेखकलाई पनि देख्न सकिन्छ ।

रोहीत शाक्य संगीत निर्माता रहेको ‘बिहे गर्ने की नगर्ने’ बोलको ‘बेहुली फ्रम मेघौली’को गीतका शब्द रचनाकार तथा पफर्मर कुशल पोखरेल हुन् । सार्वजनिक गीतका अडियो तथा भिडियोले दर्शकलाई सिनेमाप्रति आकर्षित गर्ने देखिन्छ । विवाहको उमेरलाई व्यंग गर्ने गीतमा समावेश टिपिकल शब्दले दर्शकको मन जित्न सक्छन् । सिनेमाको सार्वजनिक गीतको भिडिया सिनेमाटोग्राफी केशव पाण्डे र लक्ष्मण पाण्डेको रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अंकित खान ठकुरीले सम्पादन गरेको सिनेमाको गीतको भिडियोको सम्पादन सुपरभाइजर निमेष श्रेष्ठ हुन् । अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्को कन्सेप्ट रहेको भिडियोलाई निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।