‘एक्लो’मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

‘एक्लो’मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप शाहीले निर्देशन निर्माण हुन लागेको सिनेमा ‘एक्लो’मा संचारकर्मी तथा अभिनेताद्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित भएका छन् । निर्माण टिम र अभिनेताद्धय बीच औपचारिक कागजी सम्झौता भएको हो ।

भाद्र महिनाको दोश्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन, बेलायती अभिनेता जेमी बेकन लगायत अनुबन्धित भइसकेका छन् । निर्माण टिम र निर्देशक शाहीका अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा र्पुयाउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको छ ।

‘एक्लो’ निर्देशक शाहीले बेलायतमा सिनेमा मेकिङ पढेका हुन् । त्यहाँ केही छोटा सिनेमा र सिरिजमा काम गरेपछि उनले नेपाली सिनेमा निर्देशनमा होमिएका थिए । यसअघि उनले ‘गोर्खा ः विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने सिनेमामा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । हाल सेट निर्माणको काम र प्री–प्रोडक्सनको भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए । साई–फाई जनरामा पहिलो पटक नेपालमा अन्तरिक्षको सेट निर्माण गरेर सिनेमा बन्ने दाबी उनको छ ।