डकुमेन्ट्री छोटो सिनेमा ‘लापत्ता सन्तान’को पोस्टर सार्वजनिक

डकुमेन्ट्री छोटो सिनेमा ‘लापत्ता सन्तान’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – डकुमेन्ट्री छोटो सिनेमा ‘लापत्ता सन्तान’ निर्माण भएको छ । विभिन्न कारणले बेसहारा बनेर वृद्धाश्रम पुगेका बुवाआमाको कथामा यो सिनेमा निर्माण गरिएको हो ।

रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशनना तयार सिनेमाको मंगलबार पोस्टर सार्वजनिक गरिएको थियो । पोस्टरमा सिनेमाका मुख्य कलाकारहरू रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट र मनिष पी निरौलालाई देख्न सकिन्छ ।

सिनेमाको टिजर केही दिनमा सार्वजनिक गरिने निर्देशक ज्ञवालीले बताए । सिनेमा निर्माण गर्नुको उद्देश्य कमाउने भन्दा पनि जनचेतना फैलाउने रहेको निर्देशक ज्ञवालीको दाबी छ ।

यसअघि उनले निर्देशन गरेका ‘डार्क मुन’, ‘एक लभर’, ‘आराध्या’, ‘हनिमुन’ लगायतका छोटा सिनेमाहरू सार्वजनिक भइसकेका छन् । विशेष शो र फेस्टिभललाई लक्षित गरेर निर्माण गरिएको डकुमेन्ट्री छोटो सिनेमा ‘रित्तो गाउँ’ सार्वजनिक हुने तयारीमा छ ।

निरज कंडेलको डिओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको सिनेमाको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् ।