सुर्या र बबीको ‘कगुवा’ रिलिज अगावै ‘कगुवा २’ निर्माण घोषणा

सुर्या र बबीको ‘कगुवा’ रिलिज अगावै ‘कगुवा २’ निर्माण घोषणा

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तमिल अभिनेता सुर्या र बलिउड अभिनेता बबी देवलको मुख्य भुमिका रहेको सिनेमा ‘कगुवा’ प्रदर्शनको तयारीमा छ । आगामी अक्टोवर १० तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिजको तयारीमा रहेको सिनेमा तमिल सिनेमा उद्योग कै प्रतिक्षित सिनेमा हो ।

तमिल अभिनेता सुर्याको करियर कै पहिलो प्यान इन्डिया सिनेमा समेत हो ‘कगुवा’ । ‘एनिमल’बाट दक्षिण भारतमा समेत छाएका बलिउड अभिनेता बबी देवलको प्रवेश पश्चात यो सिनेमाको चर्चा उत्तर भारतमा समेत शिखरमा पुगेको छ । यही सिनेमाबाट बबी देवलले तेलुगु पश्चात तमिल सिनेमामा डेव्यु गरेका हुन् ।

यही सिनेमाबाट बलिउड अभिनेत्री दिशा पटानी पनि तमिल सिनेमामा डेव्यु गर्दैछिन् । यो सिनेमाको यसअघि सार्वजनिक टिजर र पोस्टर दर्शकमाझ चर्चामा छन् । सिनेमाका मुख्य अभिनेता सुर्याको जन्मदिनमा सिनेमाको पहिलो ट्रेलर सार्वजनिक हुने समाचार तमिल मिडियाले सार्वजनिक गरिरहेका छन् । तर, यो विषयमा अहिलेसम्म निर्माण टिमले कुनै पनि जानकारी दिएको छैन् ।

तर, यसैबीच सिनेमाका निर्माता मध्येका एक केइ ज्ञानवेल राजाले सिनेमाको दोस्रो पार्ट सिनेमाको घोषणा गरेका छन् । एक तमिल मिडियामा दिएको इन्टरभ्युजमा यो सिनेमा २०२७ को जवनरी वा अप्रिलमा रिलिजको तयारी समेत भैरहेको जानकारी दिएका छन् । २०२५ को अन्तिममा छायांकन सुरु गर्दै २७ मा रिलिज गरिने दाबी उनको छ ।

स्टुडियो ग्रीनको व्यानरमा निर्माण भएको सिनेमाको अहिले स्कृप्ट लेखनको काम भैरहेको समेत जानकारी दिएका हुन् । उनले सुर्यालाई अहिलेसम्म नदेखिएको फरक अवतारमा दर्शकले हेर्न पाउने पनि बताएका छन् । यो सिनेमालाई तमिले सिनेमाका सफल निर्देशक शिवाले निर्देशन गरेका हुन् । दोस्रो पार्टलाई पनि उनैले निर्देशन गर्नेछन् ।