शुक्रबारबाट प्रदर्शनमा आयो दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’

शुक्रबारबाट प्रदर्शनमा आयो दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘घरज्वाइँ’ प्रदर्शनमा आएको छ । मंगर संस्कृतिमा आधारित सिनेमा राम्रो शो सङख्या सहित प्रदर्शनमा आएको छ ।

सिनेमाले मल्टीप्लेक्सदेखि सिंगलस्क्रिनसम्म राम्रो शोसहित नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आएको हो । सिनेमाले प्रिमियरमा पाएको प्रतिक्रियाले सिनेमाले शुक्रबारको बिहानी शोबाट नै सुखद् सुरुवात गरेको निर्माण टिमले जानकारी दिएको छ । शुक्रबार दर्शकबाट मिलेको दर्शकको राम्रो वर्डअफ माउथले शनिबार अझै दर्शक बढ्ने विश्वास निर्माण टिमको छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।