विवाहको तयारीमा अभिनेता रमेश उप्रेती

विवाहको तयारीमा अभिनेता रमेश उप्रेती

द सिनेमा टाइम्स
406
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता रमेश उप्रेती विवाहको तयारीमा छन् । आउँदो मंसिरमा उनी विवाह बन्धनमा बाँधिन लागेका ।

अष्ट्रेलियामा बस्दै आएकी युवतीसँग रमेश विवाह बन्धनमा बाँधिन लागेका हुन् । उनी सिनेमा क्षेत्रभन्दा बाहिरकी हुन् ।

परिवारले खोजेको युवतीसँग रमेशले विवाह गर्न लागेका हुन् । रमेशको यो दोस्रो विवाह हो । यसअघि उनले किरण राणासँग विवाह गरेका थिए । किरणसँग रमेश छुट्टिसकेका छन् ।

एक दशकभन्दा लामो समय अमेरिका बसेर फर्किएका रमेश अहिले नेपालमा छन् । केही वर्ष अगाडि ‘ऐश्वर्य’ बनाएका उनी पछिल्लो समय सिनेमामा धेरै देखिने गरेका छैनन् ।