खगेन्द्र लामिछाने ‘घर नम्बर २’मा अनुवन्धित

खगेन्द्र लामिछाने ‘घर नम्बर २’मा अनुवन्धित

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेलाई जन्मदिनको अवसरमा नयाँ सिनेमा उपहार मिलेको छ । आज खगेन्द्रको जन्मदिनको अवसर पारेर सिनेमा ‘के घर के डेराः घर नम्बर २’मा निर्माणपक्षले अनुवन्धित गरेको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने यो सिनेमालाई साउनको २५ गतेबाट छायांकनमा लैजाने तयारी गरिएको छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाका लागि अन्य कलाकारहरु एकपछि अर्को फाइनल गर्दै जाने निर्माणपक्षले बताएको छ ।

सिनेमा चर्चित लेखक बुद्धिसागरको लेखन छ । सिनेमामा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ । सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए ।