‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन प्याकअप

‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन प्याकअप

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपुतको मुख्य भुमिका रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमाको पहिलो चरणको छायांकन ओखलढुङ्गाको रुम्जाटारमा ३६ दिनमा प्याकअप भएको हो ।

गत जेठ २४ गतेबाट छायाकंन सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन पुरा गरिएको र बाँकी काठमाडौंमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशैंपछि सुरु गरिने निर्माता विनोद पौडेलले बताए ।

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहको छ । बालकलाकार जान्भी पौडेल र स्वायम् केसीको पनि अभिनय यो सिनेमामा रहेको छ ।

नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले यो सिनेमा निर्माण गरेको हो । सोसल–ड्रामा जनरा निर्माण भएको सिनेमाका निर्देशन सरोज पौडेल हुन् । सिनेमामा उनी स्वंयमको कथा लेखन रहेको छ । यो सिनेमा गन्धर्व परिवारको कथा उठान गरेको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदी सिनेमाको निर्माता हुन् । सिनेमाका कार्यकारी निर्माताको रुपमा रमेश चौलागाई र हरि श्रेष्ठ रहेका छन् । महेश दवाडीको पटकथा तथा संवाद रहेको सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।