‘फर्की फर्की’को पारिश्रमिकबाट अनमोलले कति तिरे सरकारलाई कर ?

‘फर्की फर्की’को पारिश्रमिकबाट अनमोलले कति तिरे सरकारलाई कर ?

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा क्षेत्रमा कार्यरत धेरै स्थापित कलाकार, निर्माता तथा निर्देशकले महंगो पारिश्रमिक लिएर काम गरिरहेका हुन्छन् । तर, अहिलेसम्म आधिकारी रुपमा कुन कलाकार, निर्माता तथा निर्देशकले कति पारिश्रमिक लिए र त्यस बाफत सरकारलाई कति कर (टीडिएस) तिरेका छन्, भन्ने सार्वजनिक भएको छैन् ।

यसैबीच पछिल्लो समयका स्टार अभिनेता अनमोल केसीले एक सिनेमा बाफत पाएको पारिश्रमिक तथा नेपाल सरकारलाई तिरेका कर सार्वजनिक गरेका छन् । अभिनेता केसीले गत जेठ १० गतेबाट प्रदर्शनमा आएको सिनेमामा ‘फर्की फर्की’मा अभिनय गरे बाफत ५० लाख पारिश्रमिक पाएको र त्यसबाफत ७ लाख ५० हजार कर तिरेको खुलेको छ ।

आइतबार सिनेमाका निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत् अनमोललाचई तिरेका पारिश्रमिक र त्यसबाफत तिरेको करको रसिद सार्वजनिक गरेका हुन् । ‘हामीले पारिश्रमिक लिएर कर तिर्ने पारदर्शिता अपनाउन खोजेका हौं । यो कार्यले अरु सिनेमाका निर्माता तथा निर्देशक र कलाकारलाई दबाब हुने अपेक्षा लिएका छौं,’ निर्माता अधिकारीले भने ।

नेपाल सरकारले केही वर्ष अघि नै कलाकार, निर्माता तथा निर्देशक र वकिल लगायतका पेशामा कार्यरतका लागि प्यान नम्बर अनिवार्य गरेपनि आजसम्म कुनैपनि यी क्षेत्रमा कार्यरत व्यात्तिले कर तिरेका जानकारी सार्वजनिक भएको थिएन । अनमोलले यसको सुरुवात गरेसँगै अब सिनेमा क्षेत्रमा कार्यरत सवैका लागि कर तिर्नु पर्ने चुनौती थपिएको छ ।