विवाह बन्धनमा बाँधिए मोडल तथा हाँस्य कलाकार सागर लम्साल

विवाह बन्धनमा बाँधिए मोडल तथा हाँस्य कलाकार सागर लम्साल

द सिनेमा टाइम्स
315
Shares

द सिनेमा टाइम्स, काठमाडौं – म्युजिक भिडियोका चलेका मोडल तथा हाँस्य कलाकार सागर लम्साल विवाह बन्धनमा बाँधिएका छन् । झापाकी स्नेहा दंगालसँग आइतबार उनले लगनगाँठो कसेका हुन् । चाबहिलको एक पार्टी प्यालेसमा अहिले उनीहरुको विवाह समारोह चलिरहेको छ ।

सागरको पेशाले नर्स रहेकी स्नेहासँग मागी विवाह भएको हो । विवाह स्थलबाट सार्वजनिक तस्वीरमा दुवै बेहुला-बेहुलीको पहिरनमा खुशी देखिएका छन् । चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘सक्किगोनि’मा निर्वाह गरेको ‘बले’ चरित्रले चर्चामा आएका सागरले सिनेमामा समेत अभिनय गरेका छन् ।

निर्माता छविराज ओझाको ‘लोफर’बाट सिनेमामा डेव्यु गरेका उनले ‘लज्जा’ र ‘हैरान’मा पनि अभिनय गरेका थिए । पछिल्लो समय उनी कुनैपनि सिनेमामा देखिएका छैनन् । तर, यो बीचमा उनले सयौं म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

सागर लम्साल (बले) अब ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको सिनेमा ‘लाज शरणम्’मा मुख्य भूमिकामा अभिनय गर्ने तयारीमा छन् । आगामी फागुन १४ गते महाशिवरात्रीलाई सिनेमाको प्रदर्शन मिति समेत घोषणा गरिसकिएको छ ।