मंसिर ७ मा ‘तेल भिसा’, पोस्टरमा दोहोरो भुमिकामा देखिए विपिन

मंसिर ७ मा ‘तेल भिसा’, पोस्टरमा दोहोरो भुमिकामा देखिए विपिन

द सिनेमा टाइम्स
763
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘तेल भिसा’को पहिलो चरणको छायांकन केही समय अगाडी अमेरिकामा सकिएको थियो । भोली सोमबारबाट चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीका बीच सिनेमाको निर्माण टिमले आज आइतबार सिनेमाको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र बृद्ध गरी दुई फरक लुक्समा देखिएको छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । सिनेमाको पोस्टरले दर्शकमाझ कौतुहल्ता जगाउने देखिन्छ ।

यसअघि भदौ २९ गते रिलिज हुने भनिएको सिनेमा अब मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ । सिनेमाको लागि उपयुक्त मिति लागेर नै यो मितिमा ‘तेल भिसा’ रिलिज घोषणा गरिएको निर्देशक घिमिरे बताउँछन् । सिनेमामा बुद्धि तामाङको पनि मुख्य भुमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।